अमेरिकाले चिनियाँ सामानमाथि १५ प्रतिशत थप भन्सार लगाउँदै


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

चीनसँगको व्यापार युद्ध चर्किंदै जाँदा अमेरिकाले थप चिनियाँ सामानमाथि भन्सार बढाउने भएको छ । अमेरिकाले दोस्रो चरणमा अर्बौ अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि १५ प्रतिशत भन्सार थप गर्न लागेको हो ।

चीनले अमेरिकी प्रतिशोध बढी भएको बताएको छ । दुवै पक्षबीच व्यापार वार्ता निरन्तरता हुनुपर्ने बेइजिङले जनाएको छ ।

वासिंगटन र बेइजिङबीच व्यापारको विषयमा तनाव बढ्दै गएको समयमा यो कदम चालिएको हो । यसै वर्षको अन्त्यसम्ममा सबै चिनियाँ सामनामा भन्सार बढाउने उद्देश्य अमेरिकाको छ । चीनले अनुचित व्यापार अभ्यास गरेको आरोपबाट व्यापार युद्ध शुरु भएको थियो । तर यस विवादलाई विश्वका दुई ठूला अर्थतन्त्रबीचको भू राजनीतिक शक्ति संघर्षको रुपमा हेरिएको छ ।

वासिंगटनले २ खर्ब ५० अर्ब अमेरिकी डलरको बराबरको चिनियाँ बस्तु र चीनले १ खर्ब १० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी बस्तुमा भन्सार बढाइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com