Follow @khasokhasmag

रुढीवाद, प्रगतिवाददेखि नित्सेको नैतिकताका पुस्तक लेखेका पिटर अमेरिकी विदेशमन्त्रालयको उच्चपदमा


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

अमेरिकी विदेशमन्त्रालयले सोमबार नयाँ नीति योजना प्रमुखको घोषणा गरेको छ । राजनीतिक वैज्ञानिकका रुपमा परिचित पिटर बर्कोइजलाई अमेरिकी विदेश नीतिको दीर्घकालिन योजना बनाउने पद सुम्पिएको हो ।

किरोन स्कीनोरलाई बिस्थापित गर्दै पिटरले उक्त पद लिएका हुन् । गत महिना उनको व्यवस्थापकीय शैलीबारे विवाद भएपछि स्कीनोरलाई बरखास्त गरिएको थियो ।

दर्शन सम्बन्धि चारवटा पुस्तकका लेखक पिटरले थिंक ट्यांकहरुको नीति योजना विभागको नेतृत्वमा आएपछि यसलाई चासोका रुपमा हेरिएको छ । पिटरले लेखेका पुस्तकमा रुढीवाद र प्रगतिवाददेखि लिएर नित्सेको नैतिकता सम्मका विषयहरु समेटिएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com