पुरुषजस्तै अर्धनग्न हिड्न पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

अमेरिकाको न्यु ह्याम्पशायरका तीनजना महिलाहरुले सार्वजनिक स्थलमा शरिरको माथिल्लो भाग नांगै पुरुषले जस्तै छोप्न नपर्ने गरी नांगै हिड्न पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पुरुषले शरिरको माथिल्लो भागमा कपडा नलगाउँदा अश्लिल नहुने तर महिलाले त्यसो गर्न रोक लगाइएको भन्दै अदालतमा मुद्दा दायर गरेका हुन् ।

सिटीको आदेशले महिलाहरुलाई सार्वजनिक स्थलमा शरिरको माथिल्लो भाग देखाउन प्रतिबन्ध लगाएकोमा महिला र पुरुषलाई विभेद गर्ने उक्त प्रतिबन्ध असंवैधानिक घोषणा गर्न सर्बोच्चसँग माग गरिएको हो ।

सन् २०१६ मा शरिरको माथिल्लो भाग नांगै राखेर एकजना महिलाले समुन्द्रको किनारामा सार्वजनिक स्थलमा योगा गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो । त्यहीबेलादेखि यो मुद्दा चर्चामा आएको थियो । त्यसको भोलिपल्टै दुईजना पुरुषले उक्त स्थलमा शरिरको माथिल्लोभाग नांगै राखेर विरोधस्वरुप प्रदर्शन गरेका थिए ।

तीनदिनपछि अरु दुईजना महिलाहरु उक्त समुन्द्रको किनारामा शरिरको माथिल्लो भाग नांगै राखेर विरोस्वरुप गएका थिए । उनीहरुलाई पनि पक्राउ गरिएको थियो । त्यसपछि पक्राउमा परेका तीनजना महिलाहरु अदालतमा गएका थिए ।

न्यु ह्याम्पशायरको अदालतले उनीहरुको पक्षमा फैसला नगरेपछि उनीहरु अहिले सर्बोच्च अदालतमा गएका हुन् । अक्टोबरमा अदालतको नयाँ कार्यकाल सुरु हुँदा आफ्नो मुद्दाको सुनुवाई हुनुपर्ने उनीहरुको माग छ ।

न्यु ह्याम्पशारको अदालतले संविधानले महिला र पुरुषलाई फरक फरक तरिकाले व्यवहार गर्ने स्वीकार्दै मुद्दाका विपक्षमा फैसला गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com