सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार मानिस घरबारविहीन


प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार

ढाका,एएफपी/ बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताउनुभयो ।

बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गर्नुभयो । अश्रुपुरित स्वरमा उहाँले भन्नुभयो, मेरो केही रहेन । अब के गर्ने होला रु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए र घटनामा कोही कसैको मृत्यु भएको थिएन । तर थुप्रै मानिस घाइते भएका छन् ।

यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए । मुस्लिम समुदायको महत्वपूर्ण चाड ईद अल–अधामा सहभागी हुन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए ।

स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना थियो भन्नुभयो ।

निकै भिडभाड भएको यस बस्तीमा १० हजारभन्दा बढी मजदूरको आश्रय थियो । बस्तीसँगै रहेको स्कुल पनि ईदका कारण पाँच दिनका लागि छुट्टी थियो ।

“हामीले बस्तीमा रहेका मानिसलाई खाना, पानी, घुम्ती शौचालय, र बिजुलीको आपूर्ति व्यवस्था गरेका छौं,” मिरपुर नगरका कर्मचारी शफिउल आजमले बताउनुभयो । उहाँले बस्तीका मानिसलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन नगरले प्रयास गरिरहेको जानकारी दिनुभयो ।

केही परिवारले भने मनसुनी वर्षाबाट जोगिन पाल टाँगेर बसेका छन्, तर भुइँमा चिस्यान बढी भएकाले जमिन पूरै हिलाम्मे भएको छ । विज्ञहरुका भनाईमा सुरक्षा व्यवस्थामा कडाई नगरिएका कारण बंगलादेशमा आगलागीका घटना भइरहने गरेका छन् ।

यसै वर्षमात्र भवनहरुमा भएको आगलागीबाट कम्तीमा १०० जनाको ज्यान गइसकेको छ ।

सन् २०१२ मा ढाका नजिकको नौ तले गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा परेर १११ जना कामदारको मृत्यु भएको थियो । उक्त घटना पश्चात् गठित छानबिन समितिले कारखाना व्यवस्थापनको चरम लापरबाहीका कारण मजदूरहरुको ज्यान गएको निष्कर्ष निकालेको थियो । सन् २०१० मा निम्तोलीको बस्तीमा भएको अर्को त्यस्तै भिषण आगलागीबाट १२३ जनाको ज्यान गएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com