अमेरिकाका हवाई उडानमा म्याकबुक प्रतिबन्ध


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

अमेरिकामा हवाई उडानमा एप्पलको उत्पादन म्याकबुक प्रोमा प्रतिबन्ध लगाइएको छ । केही निश्चित प्रकारका म्याकबुक प्रोमा प्रतिबन्ध लगाइएको हो ।

अमेरिकाको संघीय उडान प्रशासनले यस्तो प्रतिबन्ध लगाएको हो । अधिक तापमानमा बिष्फोट हुनसक्ने एप्पलका ल्यापटपमा प्रतिबन्ध लगाइएपछि झण्डै साढे ४ लाख प्रयोगकर्ताहरु प्रभावित हुने जनाइएको छ ।

खासगरी सन् २०१५ को सेप्टेम्बरदेखि सन् २०१७ को फरबरीसम्म बिक्रि गरिएको १५ इन्चका म्याकबुक प्रो उक्त नियमबाट प्रभावित हुनसक्नेछन् । तपाईको म्याकबुक प्रोमा प्रतिबन्ध लागे नलागेको चेक गर्न यहाँ क्लिक गरेर आफ्नो सिरियल नम्बर हाल्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्याण्डक्यारी र चेक इन दुईवटै झोलामा त्यस्तो ल्यापटप बोक्न नपाइने भएको छ । अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म यस्तो प्रतिबन्ध नलगाइएपनि बिष्फोटका खतराका कारण निकट भविश्यमा त्यस्तो प्रतिबन्ध लाग्नसक्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com