नेपाल गन्तव्यबारे चीनमा प्रचारप्रसार !


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

a]Olhªdf zflGt au}Frf a]Olhª, #@ ;fpg -/f;;_M rLgsf] /fhwfgL a]Olhªdf hf/L ljZj k|bz{gL …a]Olhª PS;kf] @)!(Ú sf] nflu agfOPsf] g]kfnsf] n’lDagL zflGt au}Frf . tl:a/M ;f}hGoM ljgfos zfx

सिबी अधिकारी/ भ्रमण वर्ष २०२० अभियानको सङ्घारमा नेपाल गन्तव्यबारे चीनमा तीव्र प्रचारप्रसार भइरहेको छ । चीनको राजधानी बेइजिङमा ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ ले विगत चार महीनादेखि नेपालको वनस्पितिको विविधता, लगानीको वातावरण सिर्जनासँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिरहेको हो ।

‘बेइजिङ एक्स्पो–२०१९’ को विश्व प्रदर्शनीमा कम्पनीले आगन्तुकलाई नेपाल भ्रमण वर्षबारे जानकारी दिँदै आएको छ । त्यसका लागि एक्स्पोमा छुट्टै डेक्ससमेत राखिएको छ । इम्प्लिमेन्टिङ ग्रुपले नेपाली मण्डपमार्फत नेपालको वनस्पति, लगानीका क्षेत्र तथा पर्यटकीय सम्भावनाबारे प्रवद्र्धन गरिरहेको एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो । ‘हरित जीवन ः उत्तम जीवन’ भन्ने मूल विषयवस्तुमा केन्द्रित उक्त प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अनन्योन्याश्रित सम्बन्धलाई प्रचार गरिएको छ ।

विश्वभर नियमितरुपमा एक्स्पो भइरहे पनि चीनमा भइरहेको एक्स्पोको विशेष महत्व रहने संयोजक शाहको भनाइ छ । उहाँका अनुसार एक्स्पोका विभिन्न तह रहने भएकाले चीनमा भइरहेको ‘बी’ लेभलको हो । आगामी वर्ष दुबईमा हुन लागेको एक्स्पो ‘ए’ लेभलको हो । एक्सपो कुनैपनि व्यापार मेला नभई एउटा देशमा भएको विषयवस्तुको जानकारी दिई त्यसमा लगानीकर्तालाई आकर्षण गर्ने उपयुक्त थलो भएको बताइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनमा चलिरहेको एक्स्पोमा नेपालमा रहेका वनस्पतिको परिचय गराउने, विशेषताको जानकारी गराउने र लगानीको वातावरणबारे जानकारी दिने काम भइरहेको छ । चीनमा हुने अधिकांश औषधि जडीबुटीमार्फत बनाइने गरिएकाले नेपालमा उनीहरुको विशेष चासो हुने अपेक्षा कम्पनीको छ ।

आगामी कात्तिक महीनासम्म चल्ने सो एक्स्पोकोे १६ करोड व्यक्तिले प्रत्यक्ष तथा विश्वव्यापीरुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्षरुपमा अवलोकन गर्ने बताइन्छ । हालसम्म नेपाल मण्डपमा १५ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेका संयोजक शाहले बताउनुभयो ।

यस्तो छ, एक्पोको आकर्षण

बेइजिङ एक्स्पो ५०० हेक्टर क्षेत्रमा फैलिएको छ । सबै अवलोकन गर्न सात दिन लाग्छ । नेपालले करीब पाँच रोपनी क्षेत्रफलमा लुम्बिनी शान्ति बगैँचा बनाएको छ । त्यहाँ १५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्ति बीचमा राखेर नेपालको कृषि, वन, वनस्पति सम्पत्तिको शोधखोज एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजना भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भइरहेको संयोजक शाहले बताउनुभयो ।

गत अप्रिल २८ तारिखका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका बेला नेपाल मण्डपको उद्घाटन गर्नुभएको थियो । आगामी असोज २ गते एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनियाँ टोलीबीच औपचारिक कार्यक्रम आयोजना हुनेछ । सोही अवसरमा नेपाली कला, कौशल तथा संस्कृति झल्कने गीत सङ्गीतका साथै नेपाली रैथाने परिकारसहितको खाद्य महोत्सव आयोजना हुने जनाइएको छ ।

नेपाल दिवसको चिनियाँ सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारणसमेत गर्ने छन् । भ्रमण वर्षका बारेमा जानकारी दिन त्यहाँ छुट्टै सूचना केन्द्र राखिएको छ । स्थानीय आगन्तुकले चिनियाँ भाषामै नेपालका बारेमा जानकारी लिन पाउँछन् । नेपालको पर्यटन क्षेत्र तथा वनस्तपतिमा नेपाल र चिनियाँ लगानीका अवसरबारे छलफल हुनेछ । यस्तो एक्स्पो हरेक तीन÷तीन वर्षमा आयोजना हुने गर्छ ।

दुबई एक्सपोमा पनि नेपाल सहभागी हुने

सन् २०२० को अक्टोबर महीनादेखि दुबईमा आयोजना हुने ए लेवलको विश्व प्रदर्शनी एक्सोमा पनि नेपालले सहभागिता जनाउने भएको छ । हरेक पाँच÷पाँच वर्षमा हुने सो एक्स्पोमा नेपालबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले प्रतिनिधित्व गर्ने छ । एक्स्पोमा सहभागी हुन ग्लोबल टेन्डर गरिएको थियो ।्

आपसी हितमा लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त एक्स्पो छ महीनासम्म चल्ने छ । अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारी गरिँदै छ । इम्पिमेन्टिङ कम्पनीले यसअघि चीन, जर्मनी, जापान, अष्ट्रेलियालगायत मुलुकमा एक्सपो गरिसकेको छ । पछिल्लो सन् २०१५ मा इटालीमा भएको थियो ।

विश्व प्रदर्शनी एक्स्पो चाइनिज ओलम्पिक गेमजस्तै विश्व सङ्गठन हो । ‘ब्यूरो इन्टरनेशनल एक्सपोजिसन’९बिआइए० नामक संस्था जसको मुख्यालय फ्रान्सको पेरिसमा रहेको छ । यसमा नेपालसहित १८० देश सदस्य छन् । विश्व प्रदर्शनी व्यापार मेला नभई मानव जातिले विभिन्न क्षेत्र वा अमुख विषयमा विकास, उपलब्धि गरेका विभिन्न विषयको प्रदर्शनी गरिन्छ । सन् १८५१ बाट बेलायतको लण्डनबाट शुरु भएको थियो ।

बिआइएको मापदण्डअनुरुप कुन शहरमा के विषयवस्तुमा विश्व प्रदर्शनी गर्ने भन्ने सोहीअन्तर्गत बेइजिङमा अहिले प्रदर्शनी भइरहेको हो । प्रदर्शनीमा बागवानी, फलफूल, वनस्पति, बिरुवा, जडीबुटीलगायत विषयमा कुन देशले केकस्ता उपलब्धि गरेका छन् र त्यसबाट मानव जातिले कसरी फाइदा लिने भन्ने विषयमा प्रदर्शनी भइरहेको संयोजक शाहले उल्लेख गर्नुभयो । प्रदर्शनीमा ११० राष्ट्र र २४ वटा अन्तर्राष्ट्रिय सङ्गठनले सहभागिता जनाएका छन् ।

एक्स्पोका माध्यमबाट नेपालमा चिनियाँ पर्यटक भित्र्याउनुका साथै वनस्पति तथा पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । यस्ता प्रदर्शनीमा सरकारी निकाय नेपाल पर्यटन बोर्डजस्ता संस्थाको सक्रियता बढ्नसके पर्यटन प्रवद्र्धनका साथै लगानी भित्र्याउन सहयोग पुग्ने संयोजक शाहको भनाइ छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१७ मा ९३ हजार ६५४ पर्यटन नेपाल आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com