KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas KHASOKHAS E-MAGAZINE

हङकङ : तीन महिनाको अवधिमा ७४८ प्रदर्शनकारी पक्राउ

प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

एजेन्सी / हङकङ प्रहरीले गत जुनदेखि शुरू भएको आन्दोलनमा सहभागी ७४८ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको हङकङ प्रहरीले बिहीबार जानकारी गराएको छ । जुन ९ गतेदेखि भएका विरोध तथा प्रदर्शन कार्यक्रमका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

हङकङ प्रहरीको जनसम्पर्क शाखाका वरिष्ठ प्रहरी उपरिक्षक कोङ विङ–चेउङले हङकङमा प्रदर्शनकारीको पक्राउ परेको जानकारी दिँदै भन्नुभयो, “प्रहरी प्रशासनले पक्राउ परेकामध्ये ११५ जनाविरूद्ध विभिन्न आक्रमणमा दोषी भएको आरोपमा मुद्धा चलाएको छ ।”

कोङका अनुसार प्रहरीले १७ जनालाई बुधबार शाम शुई पो र टीन शुई वेईस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेको आरोपमा हिरासतमा लिई अनुसन्धान थालिएको छ । पक्राउ परेकामा दुई महिलासमेत रहेका र उनीहरू १५ बर्षदेखि ६१ बर्ष उमेर समूहका नागरिक रहेका छन् ।

उहाँले भन्नुभयो, “पक्राउ परेका सबैजनालाई प्रशासनले निशेध गरेको स्थानमा भेला भएको, गैरकानूनीरूपमा पटाका तथा अतिसबाजी गरेको, राष्ट्रिय झण्डाको अपमान गरेको, गैरकानूनीरूपमा हतियार राखेको, सार्वजनिक सामान क्षति गरेको र आगलागीको प्रयास गरेको आरोपमा पक्राउ गरी छानविन भइरहेको छ ।” प्रदर्शनकारी र प्रहरीबीच यो समयमा भएका झडपमा परी ११ महिला प्रहरीसहित १७७ प्रहरी घाइते भएका छन् ।

Loading...

भिडियो हेर्नुहोस्

Loading...

थप रोचक शीर्षकहरु

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com