सन्दीपको भिसा आवेदन पुनरावलोकन, पाउने भए अमेरिकाको भिसा


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

क्यारेबियन प्रिमियर लिग सिपिएलका लागि अमेरिकी भिसा लिन खोजेका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं स्थीत अमेरिकी दूतावासले उनको भिसा आवेदन पुनरावलोकन गरेको छ । पुनरावलोकन पछि उनले अमेरिकाको भिसा पाउने निश्चित भएको हो ।

मंगलबार विहानको भिसा अन्तरवार्तामा कन्सुलर अधिकारीको उनको भिसा रिजेक्ट गरिदिएका थिए । त्यसपछि लामिछानेले भिसा अस्वीकृत भएकोमा आफूलाई अचम्म लागेको भन्दै ट्वीट गरेका थिए ।लगत्तै अमेरिकी दूतावासले उनको भिसा आवेदन पुनरावलोकन गरेको हो ।

अमेरिकी दूतावासले भिसाका लागि सन्दीपको पासपोर्ट राखेपछि सन्दीपले समस्या समाधान भएको भन्दै ट्वीट गरेका छन् । दूतावासले भने यसबारेमा कुनै सार्वजनिक प्रतिकृया दिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com