नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई अमेरिकाले दिएन भिसा…


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन् ।  उनले पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्,- ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ।

लामिछाने क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com