क्यालिफोर्नियामा ६ जनामाथि चक्कु प्रहार, ४ को मृत्यु


प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार

क्यालिफोर्नियामा एकजना व्यक्तिले ६ जनामाथि चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।

आक्रमणकारीले २ जनालाई अपार्टमेन्ट कम्प्लेक्समा आक्रमण गरेको थियो । दुबैजनाको मृत्यु भएको छ ।

त्यसपछि आक्रमणकारी ग्यास स्टेशन र ब्यापारिक स्थलमा पुगेर २ जनालाई चक्कु हानेको थियो । दुबैजना घाइते छन् ।

आक्रमणकारीले सेभेन इलाभेन स्टोरका सुरक्षा गार्ड र सब वे रेष्टुरेण्टका एकजनालाई पनि चक्कु हानेर मारेको छ । सेभेन इलाभेन स्टोरका सुरक्षा गार्डलाई चक्कु हानेपछि बेल्टबाट बन्दूक़ समेत काटेर बन्दुकधारीले लिएको थियो ।

आक्रमणकारीलाई प्रहरीले सेभेन इलाभेन स्टोरबाट नियन्त्रणमा लिएको छ । आक्रमणकारीले ती स्थानबाट लुटपाट समेत गरेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com