सम्मान गर्ने व्यक्तिसँग विवाह गर्न र आफूसमान जीवनसाथी खोज्न मिशेल ओबामाको सुझाव


प्रकाशित मिति : श्रावण २०, २०७६ सोमबार

आफूले सम्मान गर्ने व्यक्तिसँग विवाह गर्न पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामाले सुझाव दिएकी छिन् । एउटा म्युजिक महोत्सवमा उनले आफ्नो र बराक ओबामाबीचको २६ बर्ष लामो वैवाहिक सम्बन्धबारे बोल्दै यस्तो बताएकी हुन् ।

उनले भनिन् – ‘कैयन जवान व्यक्तिले बराक ओबामा र मेरो वैवाहिक सम्बन्धलाई हेरेर हाम्रोजस्तो सम्बन्ध बनाउने इच्छा राख्छन् । तर म जवान व्यक्तिहरुले विवाह एउटा काम भएको र राम्रा वैवाहिक सम्बन्ध टिकाउन समेत मिहिनेत गर्नुपर्ने कुरा थाहा पाउनुपर्ने बताउन चाहन्छु ।’

उनले ओबामा र आफ्नो वैवाहिक जीवन टिकाउन पनि धेरै मिहिनेत गरेको बताएकी छिन् । उनले विवाह एउटा हरेक दिनका लागि गरिएको छनौट भएको उनले बताएकी छिन् । उनले भनिन् – ‘तपाईहरु विवाह गर्नुहुन्छ किनभने तपाईहरु यसमा विश्वास गर्नुहुन्छ । तपाई अर्को व्यक्तिलाई विश्वास गर्नुहुन्छ ।’

मिशेल ओबामाले आफू समान जीवनसाथी खोज्नसमेत अविवाहितहरुलाई सुझाव दिएकी छिन् । उनले आफ्ना पति आफ्नो सहयात्री भएको र यदि आफूहरु एकसाथ खेल जीत्ने हो भने उनी बलियो हुनुपर्ने तथा मिशेलसँगै बलियो हुन राजी हुनुपर्ने बताएकी छिन् ।

मिशेलले भनेकी छिन् – ‘तपाईले माया र सम्मान गर्ने व्यक्तिलाई जीवनसाथीको रुपमा रोज्नुमा नै सौन्दर्य छ । जसले विभिन्न उतारचढावका बीच पनि यात्रालाई मूल्यवान बनाउँछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com