विहिबार काठमाडौं लगायत विश्वभरका अमेरिकी दूतावासमा आधाझण्डा झुकाइने


प्रकाशित मिति : श्रावण २०, २०७६ सोमबार

अमेरिकाको टेक्सास र ओहायोमा १४ घण्टाको बीचमा भएका दुई नरसंहारमा ३० जना मारिएको शोकमा बिहिबार काठमाडौं लगायत विश्वभरका अमेरिकी दूतावास र कन्सुलेट कार्यालयहरुमा अमेरिकाको झण्डा आधा झुकाइने भएको छ । आगामी अगस्त ८ बिहिबार सूर्यास्तसम्म झण्डा झुकाइने जनाइएको छ ।

शनिबार टेक्सासमा २० जनाको ज्यान जानेगरी गोली चलाइएको १४ घण्टा नबित्दै ओहायोमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो । प्रहरीको जवाफी कारवाहीमा ओहायोमा बन्दुकधारीको समेत मृत्यु भएको थियो ।

ओहायोमा गोली चलाउने व्यक्ति २१ बर्षको श्वेत अमेरिकी प्याट्रिक कुरेसिसलार्ई हिराशतमा लिइएको प्रहरीले जनाएको छ । घटनामा मारिने र घाइते हुनेहरुमा मेक्सिकनहरु उल्लेख्य रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com