अमेरिका : टेक्सासमा २० जनाको ज्यान लिने घटना लगत्तै ओहायो गोलीकाण्डमा ९ को मृत्यु


प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार

आइतबार विहानै अमेरिकाको ओहायो डेटनमा बन्दुकधारीले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएको जनाइएको छ । टेक्सासमा बन्दुकधारीले गोली चलाउँदा २० जनाको मृत्यु भएको भोलिपल्टै भएको घटनामा ९ जनाको मृत्यु भएको हो ।

प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी २४ बर्षको कोनर बेट्सको मृत्यु भएको छ । मत्यु हुनेहरु २२ देखि ५७ बर्ष सम्मका रहेका छन् । घटनामा ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको छ । घटना डेटनको ओरेगन डिस्ट्रिक्टमा भएको जनाइएको छ ।

प्रहरीले घटनाको उद्देश्यबारे छानविन गरिरहेको छ । घटनामा बन्दुकधारीको बहिनीको समेत मृत्यु भएको छ ।

यसैबीच एल पासोमा बन्दुकधारीको आक्रमणमा मारिने २० जनामध्ये ६ जना मेक्सिकन रहेकोमा मेक्सिकोले यसबिरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिएको छ । घटनामा ७ जना मेक्सिकनहरु घाइते भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com