टेक्सासमा २० जनाको ज्यान जानेगरी गोली चलाउने २१ बर्षको श्वेत अमेरिकी


प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार

शनिबार टेक्सासमा २० जनाको ज्यान जानेगरी गोली चलाउने व्यक्ति २१ बर्षको श्वेत अमेरिकी रहेको बताइएको छ । गोली चलाउने प्याट्रिक कुरेसिस नामको व्यक्तिलाई हिराशतमा लिइएको प्रहरीले जनाएको छ ।

घटना सम्भावित घृणा अपराधसँग सम्बन्धित हुनसक्ने जनाइएको छ । एफबीआईले घरेलु आतंकबादको आशंकमा घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा मारिनेमध्ये ३ जना मेक्सिकन नागरिकहरु रहेको जनाइएको छ भने ६ जना मेक्सिकनहरु घाइते भएका छन् ।

टेक्सासको मेक्सिकोसँगको सिमाक्षेत्रमा रहेको एल पासो शहरमा भएको घटनालाई अमेरिकामा विभेद र घृणा अपराधसँग जोडेर समेत विश्लेषण गरिएको छ । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदबार बेटो ओरोर्कले ट्रम्पको जातीवादीताले एलपासो जस्ता घटना जन्माउने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाको निन्दा गरेका छन् ।

घटना भइरहदा झण्डै तीनहजार क्रेताहरु र एकसय जना कर्मचारीहरु वालमार्ट स्टोरभित्र रहेको जनाइएको छ । घाइतेहरु ३५ बर्षदेखि ८२ बर्षसम्मका रहेका छन् । घाइतेमध्ये ९ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com