Follow @khasokhasmag

टेक्सासमा गोली चल्दा १९ को मृत्यु, ४० घाइते


प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार

शनिबार दिउसो अमेरिकाको टेक्सासको एल पासोमा रहेको वालमार्ट स्टोरमा गोली चल्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । शनिबार दिउसो बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको र बन्दुकधारी २१ बर्षको व्यक्ति रहेको जनाइएको छ ।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । गोली चलाएको अभियोगमा २१ बर्षको पेट्रिक क्रुसियसलाई हिराशतमा लिइएको जनाइएको छ । घाइते र मृतकको संख्या अझ बढ्नसक्ने अधिकारीहरुले जनाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घटनाको उद्देश्यबारे छानविन भइरहेको जनाइएको छ । स्थानीय समय अनुशार विहान १० बजे गोली चलाउन सुरु भएको थियो । झण्डै १० मिनेटसम्म बन्दुधकारीले गोली चलाएको जनाइएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com