ठोक्किएमा सिंगै देश ध्वस्त पार्न सक्ने क्षमताको छुद्र ग्रह अगस्त १० मा पृथ्वीको नजिकबाट जाने


प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार

एम्पायर स्टेट भवन भन्दा ठूलो छुद्रग्रह आगामी अगस्त १० मा पृथ्वी नजिकैबाट जाने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । १८७० फिट परिधि रहेको क्यु क्यु २३ २००६ नामको उक्त छुद्रग्रह पृथ्वीको नजिकै भएर जाने जनाइएको छ ।

पृथ्वीको नजिकै भएर गएपनि पृथ्वीमा ठोक्किने सम्भावना भने नभएको नासाले जनाएको छ । यसबारे कुनै चिन्ता नगर्न समेत नासाले सर्वसाधारणलाई आश्वस्त पारेको छ । यो छुद्रग्रह सूर्यलाई परिक्रमा गर्ने छुद्रग्रहहरुमा ठूलोमध्येको एक रहेको जनाइएको छ ।

हाम्रो सौर्यमण्डलमा १ किलोमिटरभन्दा ठूलो परिधि भएका झण्डै ९ सय छुद्रग्रहहरु रहेको जनाइएको छ । सन् २०१३ मा ५५ फिट परिधिको छुद्रग्रह पृथ्वीको सतहमा विष्फोट हुँदा रसियामा झण्डै १ हजार जना घाइते भएका थिए । अहिले पृथ्वीको नजिकै भएर जाने छुद्रग्रह पृथ्वीको सतहमा बिष्फोट भएमा अमेरिकाको एउटा राज्यजति वा सानो कुनै देशजति क्षेत्रमा क्षति पुग्ने अनुमान नासाले गरेको छ ।

यदि त्यस्ता छुद्रग्रहहरु पृथ्वीतिर ठोक्किन आइपुगेको खण्डमा पनि नासासँग त्यसको बाटो परिवर्तन गर्ने साधनश्रोत रहेको छ । नासाले त्यस्ता छुद्रग्रह पृथ्वीतिर आउदै गरे नगरेकोबारे प्रसस्त जानकारी राख्ने र त्यसबारे चेतावनी संकलन गर्ने समेत गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com