अमेरिकाको नेसनल इन्टेलिजेन्सका निर्देशक डान कोट्सले पद छाड्ने


प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार

एजेन्सी/ अमेरिकाको नेसनल इन्टेलिजेन्सका निर्देशक डान कोट्सले पद छाड्ने भएका छन् । कोट्स राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट बाहिरिने पछिल्लो उच्च अधिकारी हुन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै निर्देशक कोट्सले मध्य अगस्टमा पद छाड्ने जानकारी गराएका हुने ।

कोट्सलाई टेक्ससका सांसद जोन राट्क्लिफले प्रतिस्थापन गर्ने ट्रम्पले बताए । कोट्स र ट्रम्पबीच रुस र उत्तर कोरियाको विषयमा मतभिन्नता रहँदै आएको थियो । गत जनवरीमा राष्ट्रपति ट्रम्पले इरानले उत्पन्न गरेको खतराको मूल्यांकन गर्न गुप्तचार प्रमुखले निस्कृयता र अपरिपक्कता देखाएको बताएका थिए । एक वर्षअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फिनल्यान्डमा भेट्ने भनि सुन्दा कोट्स आश्चर्यले हाँसेका थिए ।

सो विषयमा सार्वजनिक कार्यक्रममा प्रतिक्रिया दिँदै केही विशेष हुनसक्छ भन्दै हाँसेका थिए । तर पछि उनले आफ्नो त्यो प्रतिक्रिया राष्ट्रपतिको अनादार वा आलोचना गर्ने चाहानामा नभएको भन्दै माफी मागेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com