सैन्य कोषबाट सीमाक्षेत्रमा पर्खाल बनाउन सर्वोच्चको आदेश !


प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार

एएफपी/ अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ ।

अमेरिकाको सर्वोच्च अदालतको यस निर्णयपछि राष्ट्रपति ट्रम्प गर्नु भएको एक ट्वीटमा सीमा सुरक्षा र विधिको कानूनको ठूलो विजय भएको बताउनु भएको छ ।

क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत पक्षमा र ४ मत विपक्ष परेको बताइएको छ ।

सर्वोच्च अदालतले क्यालिफोर्नियाका एक न्यायाधीशले सैन्य कोष उपयोग गर्नमा लगाएको रोक लगाउने आदेश उल्टाइदिएको हो ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन क्रममा उक्त चुनावका उम्मेदवार रहनु भएका डोनाल्ड ट्रम्पको अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल बनाउने प्रमुख चुनावी नाराको रुपमा प्रचार गर्नु भएको थियो । डेमोक्र्याटहरू भने यस सीमा पर्खालको कडा विरोध गर्दै आएका थिए ।

सर्वोच्च अदालतद्धारा स्विकृत भएको उक्त कोषले क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोमा पर्खाल बनाउने योजनामा प्रयोग हुने बताइएको छ ।

अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले भनिन, “आज साँझ सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पलाई सैनिक कोषबाट चोरेर व्यर्थको, निष्प्रभावी र कंग्रेसले अस्विकार गरेको सीमा पर्खाल बनाउनमा खर्च गर्न दिएको अनुमति गम्भीर रूपमा त्रुटिपूर्ण छ । हाम्रा संस्थापकहरूले जनताद्वारा शासित प्रजातन्त्रको निर्माण गरेका हुन् न कि राजतन्त्र।“

शुक्रवार अमेरिका र ग्वाटेमालाले एक सहमतिमा हस्ताक्षर गरेका छन् जसमा हन्डुरस र एल साल्भाडोरबाट ग्वाटेमाला हुँदै जाने आप्रवासीहरूले सुरुमा ग्वाटेमालामा शरण खोज्नुपर्ने व्यवस्था गरिएको छ ।

यो वर्षको सुरुमा सङ्कटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले उक्त पर्खाल बनाउन ६.७ अर्ब डलर रकम आवश्यक परेको बताउनु थियो । ३२ सय किलोमिटर सीमामा पर्खाल लगाउने कुल खर्च २३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्र सङघीय आप्रवासी नियोगका अनुसार अमेरिका मेक्सिको सीमामा सन् २०१९ मा मात्र १३ जना बालबालिकासहित १७० जनाको मृत्यु भईसेकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com