तीन महिनामा ४ लाख विस्थापित


प्रकाशित मिति : श्रावण १०, २०७६ शुक्रबार

बेरुत, एएफपी/ सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट गत तीन महिनामा विस्थापित भएकाहरुको संख्या चार लाख नाघेको छ ।
राष्ट्रसंघीय निकायले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गरेपछि उनीहरु विस्थापित भएका हुन् ।
“गत अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा तीन महिनामा चार लाखभन्दा बढी विस्थापित भएका छन्,” राष्ट्रसंघको मानवीय मामिला निकायका डेभिड स्वान्सनले भन्नुभयो ।

आक्रमण भएको क्षेत्रमा झण्डै ३० लाख बासिन्दा बस्ने गर्दथे । उनीहरुमध्ये आधाभन्दा बढी यसअघि नै विस्थापित भइसकेका थिए ।
विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तका केही भागहरुमा यसको प्रभाव बढी परेको छ । “झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएका छन्,” उहाँले भन्नुभयो ।

यस क्षेत्रको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गर्नुभएको छ । उनीहरु यसअघि अल कायदामा आवद्ध थिए ।
अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा ७३० भन्दा बढी नागरिक मारिएको बेलायतमा कार्यालय रहेको अनुगमनकर्ताको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com