ब्रिटेनकी नयाँ गृहमन्त्री ‘भारतीय’, अर्थमन्त्री ‘पाकिस्तानी’ !


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

भारतीय मूलकी प्रीति पटेल ब्रिटेनकी नयाँ गृहमन्त्री हुनेछिन् । साथै, साजिद जाविदलाई अर्थमन्त्रीको पद दिइएको छ । उनी यसअघि ब्रिटेनका गृहमन्त्री थिए । अर्थात्, अब ब्रिटेनमा गृहमन्त्री भारतीय मूलकी र अर्थमन्त्री पाकिस्तानी मूलका हुन् ।

बुधबार प्रधानमन्त्री पदको कार्यभार सम्हालेका बोरिस जोनसोनले आफ्नो नयाँ मन्त्रीमण्डलको बिस्तार गरेका हुन् । डोमिनिक राबलाई नयाँ विदेशमन्त्री बनाइएको छ । दुई वर्षअघि एक विवादपछि प्रिती पटेलले टेरिजा मेको सरकारबाट राजीनामा दिएकी छिन् । बोरिस जोनसोनले सत्तामा आएपछि उनी फिर्ता भएकी छिन् ।

इजराइल विवादः

४७ वर्षकी प्रितीको जन्म लण्डनमा नै भएको थियो । उनका आमा–बुवा मूल रुपमा गुजरातका हुन् तर पछि उनीहरु युगान्डा गएका थिए ।

सनु १९६० को दशकमा उनीहरु ब्रिटेनमा बसे । प्रिति पटेल निकै कम उमेरमा नै कन्जर्भेटिभ पार्टीमा समावेश भएकी थिइन् । त्यतिबेला उनी २० वर्ष पनि पुगेकी थिइनन् । त्यतिबेला जोन मेजर ब्रिटेनका प्रधानमन्त्री थिए ।

सनु २०१७ मा आफ्नो नीजि इजराइल या    त्राको विषयमा विवादपछि प्रिति पटेलले इन्टरनेशनल डेभलपमेन्ट सेक्रेटरीको पदबाट राजीनामा दिनुपरेको थियो ।

अगस्त सन् २०१७ मा नीजि पारिवारिक छुट्टीमा इजराइल गएकी प्रिती पटेलले प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र अन्य इजराइली अधिकारीसँग भेटघाट गरेकी थिइन् ।

यसको जानकारी उनले बेलायती सरकार वा इजराइलमा बेलायती दूतावासलाई दिएकी थिइनन् ।

कन्जर्भेटिभ पार्टीको चम्किलो ताराः

कन्जर्भेटिभ पार्टीमा उनलाई एक चम्किलो ताराको रुपमा हेरिन्छ ।

यसअघि पनि उनले सरकारमा विभिन्न पदमा बसेर आफ्नो भूमिका निर्वाह गरेकी छिन् । जून २०१६ मा उनलाई इन्टरनेशनल डेभलपमेन्ट मन्त्री बनाइएको थियो ।

अर्थात्, ब्रिटेनको विकासशील देशलाई दिइने आर्थिक मद्दतको काम उनले नै हेरिरहेकी थिइन् ।

उनी युरोपेली संघकी आलोचक हुन् । उनले समलैङ्गिक विवाहविरुद्ध मतदान गरेकी थिइन् र धुम्रपानमाथिको प्रतिबन्धविरुघ अभियान चलाएकी थिइन् ।

उनी इजराइलकी एक पुरानो समर्थक हुन् ।

यसअघि उनी सन् २०१० मा सांसद छानिएकी थिइन् । ब्रेक्टिज अभियानकी प्रखर समर्थक प्रिती पटेल सन् २०१४ मा ट्रेजरी मन्त्री बनेकी थिइन् ।

सन् २०१५ मा आम निर्वाचनपछि उनी रोजगार मन्त्री बनेकी थिइन् ।

को हुन् नयाँ अर्थमन्त्री साजिद जाविदः

४९ वर्षका साजिद जाविद पाकिस्तान मूलका परिवारका हुन् । उनको जन्म पनि ब्रिटेनमा नै भएको थियो ।

सन् २०१८ मा जब टेरिजा मेको सरकारमा उनलाई गृहमन्त्री बनाइएको थियो तब उनी ब्रिटेनका पहिलो जातीय अल्पसंख्यक समुदायबाट आउने पहिलो गृहमन्त्री बनेका थिए ।

उनी सन् २०१० देखि ब्रुम्सग्रोवबाट सांसद बनेका हुन् । उनको जन्म रकडेलमा एक पाकिस्तानी परिवारमा भयो ।

आफ्नो परिवारबारे उनले इभनिंग स्टेन्डर्डलाई भनेका थिए, ‘मेरा पिता पाकिस्तानका एउटा सानो गाउँका हुन् र उनी १७ वर्षको उमेरमा काम गर्नका लागि ब्रिटेन आएका थिए ।’

उनले भने, ‘मेरा आमाबुवा रकडेलमा बसे र यहाँ कपडा कारखानामा काम गरे । तर उनी महत्वाकांक्षी थिए र उनलाई महसुस भयो कि बस ड्राइभरको तलब राम्रो हुन्छ । उनी बस ड्राइभर बने । उनले दिन रात नभनी काम गर्थे त्यसकारण उनलाई ‘नाइट एण्ड डे ’ को नामले चिनिन्थ्यो ।’

उनले स्कूले पढाई ब्रिस्टलबाट गरेका हुन् जहाँ उनको परिवारले महिलाको कपडाको एउटा पसल खरिद गरेका थिए । यही पसलमाथि बनेको दुई कोठे कोठाको फ्ल्याटमा उनको परिवार बस्दथ्यो ।

स्कूले पढाईका बेला नै उनलाई बैंक र लगानीमा रुची भएको थियो । उनले १४ वर्षको उमेरमा नै आफ्ना पिताका बैंक म्यानेजसँग भेटघाट गरे र पाँच सय पाउन्ड उधारो लिए । यो रकम उनले शेयरमा लगानी गरे । त्यसपछि उनले कम उमेरमा नै बैङ्किङ क्षेत्रमा ठूलो सफलता हासिल गरे । बीबीसीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com