न्युयोर्कको क्वीन्समा शिवशक्ति मन्दिरका पुजारी निर्घात कुटिए


प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार

न्युयोर्कको क्वीन्समा एकजना हिन्दु पूजारीमाथि निर्घात कुटपिट भएको छ । ग्लेन ओक्सको शिवशक्ति पिठमा कार्यरत पूजारी स्वामीजी हरिषचन्द्र पूरी निर्घात कुटिएका हुन् ।

विहान ११ बजेतिर बाटोमा हिडिरहेका बखत पछाडिबाट आएको व्यक्तिले अचानक आक्रमण गरेको जनाइएको छ । निर्घात कुटिएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रहरीले कुटपिट गरेको आशंकामा ५१ बर्षका सर्गिओ गुभिया नामको व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले हिन्दु पूजारीमाथिको आक्रमण घृणा अपराध भए नभएकोबारे अनुसन्धान गरिरहेको छ ।

पूजारी धार्मिक पोशाकमा हिडिरहेका बेला आक्रमण भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com