अमेरिकाका मध्यपश्चिम र पूर्व क्षेत्रमा अत्याधिक गर्मी, तापमान सम्बन्धि कारणबाट ६ को मृत्यु


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

अमेरिकाको मध्यपश्चिमीक्षेत्रदेखि पूर्वक्षेत्रसम्म बढेको तापमानका कारण झण्डै २ सय मिलियन व्यक्ति प्रभावित भएका छन् भने तापमानसँग सम्बन्धित बिमारका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

तापमान सम्बन्धित कारणबाट मेरिल्याण्डमा ४ जनाको मृत्यु भएको छ भने एरिजोना र अर्कान्सासमा एकएकजनाको मृत्यु भएको छ । तापक्रम ९० डिग्री फरेनहाइटदेखि १०० डिग्रीसम्म पुगेपनि तापमान इन्डेक्स भने १ सय देखि ११५ डिग्री फरेनहाइटसम्म पुगेको छ ।

न्युयोर्कहुँदै मासाचुसेट्सदेखि मिनेसोटासम्म अत्याधिक गर्मी महसुस गरिएको छ । मिनेसोटामा शनिबार बेलुका ७ बजेसम्म बाढीको चेतावनी समेत दिइएको छ भने न्युयोर्कमा आइतबारसम्मका लागि स्थानीय संकटकाल घोषणा गरिएको छ ।

वासिंटन डिसी लगायतका कैयन शहरमा अत्याधिक गर्मीका आपतकालिन योजनाहरु लागु गरिएका छन् । यो गर्मीलाई विगत केहीबर्षयताकै अध्याधिक गर्मीका रुपमा लिइएको छ । चिकित्सकहरुले गर्मीका कारण टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षणहरु देखिनसक्ने चेतावनी दिएका छन् ।

अत्याधिक गर्मीका कारण आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन चेतावनी दिइएको छ । न्युयोर्कमा झण्डै ५ सय  स्थानमा चिस्यान केन्द्रहरुको समेत व्यवस्था गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com