न्युयोर्कको तापक्रम शनिबार १ सय ११ डिग्री अनुभव हुने, संकटकाल घोषणा


प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार

न्युयोर्कमा तापक्रम बृद्धिका कारण कैयन कार्यक्रमहरु स्थगित भएका छन् । शनिबार न्युयोर्कको तापक्रम १ सय डिग्री फरेनहाइटभन्दा माथि पुग्ने र १११ डिग्री अनुभव हुने जनाइएको छ । उच्च तापक्रमका कारण न्युयोर्कमा आइतबार आयोजना गरिएको ट्राइथलुन पनि स्थगित गरिएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले न्युयोर्कमा तापमान संकटकालको घोषणा गरेका छन् । शुक्रबार विहान ९ बजेदेखि आइतबार राती १२ बजेसम्मका लागि संकटकालको घोषणा गरिएको छ । न्युयोर्कका साथमा आसपासका राज्यहरुमा पनि तापक्रम उच्च हुने भएको छ ।

मेयरका अनुशार शुक्रबार न्युयोर्कको तापक्रम ९० डिग्री माथि पुगेको छ भने १ सय १ डिग्री फरेनहाइटसम्म अनुभव भएको छ । आइतबार पनि न्युयोर्कको तापक्रम ९७ डिग्रीभन्दा माथि पुग्ने र हिट इन्डेक्स ११० डिग्री पुग्ने अनुमान गरिएको छ ।

न्युयोर्कमा बढेको तापक्रमका कारण सर्वधासाधारणहरुलाई चिसोमा बस्न र पानी पिउन अनुरोध गरिएको छ । खासगरी घरपालुवा जनावर र बृद्धबृद्धाको बढी हेरचाह गर्न सचेत गराइएको छ । तापक्रमका कारण कोही बेहोस भएमा ९११ मा फोन गर्न र कुलिंग सेन्टरबारे थाहा पाउन ३११ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

न्युयोर्क सिटीमा मात्र ५ सय वटा कुलिंग सेन्टरको व्यवस्था गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com