न्युयोर्कमा अचानक विद्युत आपूर्तिमा अवरोध, ७३ हजारको घरमा अन्धकार (फोटो फिचर )


प्रकाशित मिति : असार २८, २०७६ शनिबार

न्युयोर्कमा शनिबार बेलुका अचानक विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुँदा हाहाकार मच्चिएको छ ।

रेलसेवा अबरुद्ध भएको छ भने न्युयोर्कको म्यानहटनमा कैयन स्थानमा अन्धकार छाएको छ । कैयन शोहरु रद्द भएका छन् भने १० औं हजार सडकमा अन्धकारमा परेका छन् ।

न्युयोर्कमो मिडटाउन म्यानहटन र अपर वेष्ट साइड लगायतका स्थानमा झण्डै ७३ हजार ग्राहकको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । मध्यरातसम्म समस्या समाधान गर्ने विद्यतु आपूर्ति गर्ने कम्पनी कोनएडिसनले जनाएको छ ।

विद्युत आपूर्तिमा अवरोधका कारण मान्छेहरु केहीबेर ट्रेनभित्र र एलिभेटरमा समेत थुनिएका थिए । मेकानिकल समस्याका कारण विद्युत आपूर्तिमा अवरोध आएको न्युयोर्कका मेयर बिल ब्लाजिओले जनाएका छन् ।

कैयन ट्रान्सफर्मरहरुमा आगलागी भएको जनाइएको छ । कैयन ट्राफिक लाइटहरु निभेका कारण सडकमा समेत समस्या उत्पन्न भएको छ ।

टाइम्स स्क्वायरमा रहेका अधिकांश बिलबोर्डहरु पनि ब्लाकबोर्ड जस्ता देखिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com