न्युयोर्कमा अध्यागमन छापा सुरु, म्यानहटन र ब्रुकलीनमा आइसका एजेण्ट परिचालिन


प्रकाशित मिति : असार २८, २०७६ शनिबार

आइतबारदेखि अमेरिकाको १० वटा शहरमा अध्यागमन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजत्रपविहिनहरुलाई छापामार्ने बताइरहँदा न्युयोर्कमा भने शनिबारदेखि नै आइसको छापा सुरु भएको छ । न्युयोर्कमा कम्तीमा २ स्थानमा शनिबार आइसले छापा मारेको छ ।

आइसको देशनिकाला गर्ने निशानामा कस्ता र कति नेपाली ? (१८ बर्षको तथ्यांकसहित)

न्युयोर्कको हार्लम क्षेत्रमा र ब्रुकलीनको सनसेट पार्क आसपासका क्षेत्रमा रहेका निवासहरुमा पुगेर शनिबार आइसका एजेन्टहरुले छापा मारेका छन् । तर विना वारेन्ट पुगेका कारण कैयन आवासमा भने उनीहरुलाई आप्रवासीहरुले भित्र प्रवेश गर्न नदिएको जनाइएको छ ।

आइसको छापा आइतबारदेखि, निशानामा को ?

अमेरिकाका विभिन्न १० वटा शहरमा आइसले आइतबार छापामार्ने तयारी गरेको एकदिन अगाडि न्युयोर्कमा मारिएको छापामा कतिजनालाई नियन्त्रणमा लिइयो भन्नेबारे केही खुलेको छैन । तर न्युयोर्कमा रहेका कागजपत्रविहिन आप्रवासीहरुमा भने त्रास सृजना गरेको छ ।

अमेरिकामा रहेका देशनिकालाको आदेश पाइसकेकाहरुलाई नियन्त्रणमा लिएर देशनिकाला गर्नका लागि आइसको यो छापा केन्द्रीत रहेको छ । तर छापाका क्रममा भेटिएका कागजपत्रविहिनहरुलाई पनि नियन्त्रणमा लिने आइसको योजना रहेको जनाइएको छ ।

आइसले पक्राउ गर्ने खतरामा हुनुहुन्छ ? यो कार्ड सधै बोकेर हिड्नुहोस्

आइसको छापाको त्रास अमेरिकाभर फैलिरहँदा आप्रवासन अधिकारसम्बन्धि विभिन्न संघ संस्थाहरुले आप्रवासीहरुलाई आफ्नो अधिकारबारे सजग समेत गराएका छन् ।

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

 

आइसका एजेण्टहरु आएमा विना वारेन्ट प्रवेश गर्न नदिन तथा वारेन्ट सहित आएमा आफ्नो मौन रहने अधिकारको प्रयोग गर्न सचेत गराइएको छ ।

आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com