आइसले पक्राउ गर्ने खतरामा हुनुहुन्छ ? यो कार्ड सधै बोकेर हिड्नुहोस्


प्रकाशित मिति : असार ८, २०७६ आईतबार

के तपाईको नाममा देशनिकालाको आदेश जारी भएको थियो ? के तपाई कागजपत्रविहिन हुनुहुन्छ र विगतमा मादक पदार्थ सेवन गरेर गाडी चलाएको, घरेलु हिंशा वा लागुऔषध सम्बन्धि कुनै मामलामा फस्नुभएको थियो ? के तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र बर्षौ अगाडि कुनै अपराध गर्नुभएको थियो वा जेलमा तोकेको समय नबिताएर प्रोबेसनमा रिहा हुनुभएको थियो वा तपाईले गरेको अपराधन सानातिनो वा एकबर्षभन्दा कम जेल सजाय हुने खालको थियो ?

यदि यस्तो अवस्था छ भने तपाई आइसको निशानामा पर्न सक्नुहुन्छ र आइसले तपाईबिरुद्ध अमेरिकाबाट देशनिकालाको प्रकृया अगाडि बढाउनसक्छ । यो अवस्थामा तपाई सचेत हुन आवश्यक छ । कुनै पनि बेला इमिग्रेशनको फन्दामा पर्ने खतरा छ भने यो कार्ड सधै बोकेर हिड्नुहोला । यसमा तपाईका अधिकारहरु उल्लेख गरिएका छन् । आइसले एजेन्टले तपाईलाई पक्राउ गरेमा उनीहरुलाई यो कार्ड दिनुहोला र कानुन व्यवसायीको सहयोग लिनुहोला ।

आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com