ट्रम्पको आलोचना गरेको इमेल चुहिएपछि अमेरिकाका लागि ब्रिटेनका राजदूतको राजीनामा


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्।

ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै सर किमले लेखेको इमेल सार्वजनिक भएपछि ट्रम्पले ब्रिटेनका राजदूतलाई एकदमै मूर्ख व्यक्तिको संज्ञा दिएका थिए।

ब्रिटेनको विदेश मन्त्रालयले  सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गरेको थियो ।

सर किमले आफूले सबैखाले अडकालबाजीहरू रोक्न चाहेको बताउँदै, इमेल सार्वजनिक भएपछि उनलाई अमेरिकाको लागि राजदूतको रूपमा आफ्नो काम गर्न “असम्भव” भएको जनाएका छन्।

प्रधानमन्त्री टरिजा मेले यसबारे प्रश्न गरे लगत्तै राजदूतको राजिनामा आएको हो ।

कुटनीतिक बृत्तमा यो विषयलाई निकै महत्वका साथ हेरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com