अमेरिकाको लस एन्जलसमा शक्तिशाली भूकम्प, ६ .४ रेक्टर स्केल मापन


प्रकाशित मिति : असार १९, २०७६ बिहीबार

अमेरिकाको लस एन्जलसमा स्वतन्त्रता दिवशको दिनमा नै शक्तिशाली भूकम्प आएको छ । सुरुमा ६ दशमलव ६ रेक्टर स्केल मापन गरिएको भूकम्पको वास्तविक धक्का ६ दशमलव ४ रेक्टर स्केल भएको जनाइएको छ ।

यो उक्त क्षेत्रमा सन् १९९४ यताको सबैभन्दा ठूलो भूकम्प भएको जनाइएको छ । भूकम्पको धक्काले लस एन्जसलका साथै लस भेगासमा पनि हल्लाएको थियो ।

कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । तर लस एन्जलसमा घरका सिसाहरु फुटेको जनाइएको छ ।

ठूलो भूकम्पपछि कम्तीमा ३८ वटा पराकम्पहरु गएको युएस जिओलोजिकल सर्भेले जनाएको छ ।

लस एन्जलसका केही सेलीब्रेटीहरुले भूकम्पको धक्का महसुस गरेको भन्दै ट्वीट गरेका छन् । उनहरुले आफूहरुले अहिलेसम्म अनुभव गरेको सबैभन्दा लामो भूकम्पको धक्का भन्दै ट्वीट गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com