न्युयोर्कबाट उडेको विमान न्युजर्सीमा आकस्मिक अवतरण, दुईवटा टायर बिष्फोट


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

न्युयोर्कको लागुआर्डिया विमानस्थलबाट उडेको विमान न्युजर्सीको नेवार्क विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमानमा दुईवटा टायरमा बिष्फोट भएको जनाइएको छ तर घटनामा कोहीपनि घाइते भएका छैनन् ।

युनाइटेड एयरलाइन्सको २०९८ उडान शनिबार विहान न्युयोर्कबाट उडेको थियो । तर उड्नासाथ विमानमा मेकानिकल समस्या उत्पन्न भएपछि विमानलाई नेवार्क विमानस्थलतिर डाइभर्ट गरिएको थियो । ह्युस्टनको जर्ज बुस इन्टरनेशनल एयरपोर्टका लागि उडेको विमान पौने ९ बजे नेवार्क विमानस्थलमा अवतरण गरिएको हो ।

विमानको आपतकालिन अवतरणका कारण नेवार्क विमानस्थलबाट छुट्नै कैयन विमानहरुको उडानमा ढिलाई भएको जनाइएको छ । विमान उडेको १० मिनेटमा नै समस्या उत्पन्न भएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com