सेप्टेम्बर ११ को घटनाका प्रथम उद्दारकर्ताको निधन


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंककारी हमलाका प्रथम उद्दारकर्ता लुई अल्भारेजको निधन भएको छ । ग्राउण्ड जिरोको भग्नावशेशमा उद्दारका क्रममा उनले अन्य सहकर्मीसँगै विताएको समयसँग सम्बन्धित क्यान्सरका कारण उनको निधन भएको हो ।

५३ बर्षको उमेरमा शनिबार उनको न्युयोर्कमा निधन भएको छ । उनी न्युयोर्क पुलिस डिपार्टमेन्टमा बम स्क्वायडमा डिटेक्टिभका रुपमा कार्यरत रहेका थिए । परिवारका सदस्यहरुमा माझमा उनको शान्तिपूर्वक निधन भएको जनाइएको छ ।

विश्व ब्यापारिक केन्द्रमा हमलापछि उद्दारमा खटिएका कारण बिरामी भएका उद्दारकर्मीहरुको राहतमा थपका लागि भएको एउटा संसदीय सुनुवाईका लागि जुन ११ मा उनी वासिंटन गएका थिए । उनले केहीदिन अगाडि सामाजिक सञ्जालमा पोष्ट गर्दै चिकित्सकहरुले उनको क्यान्सरबिरुद्ध लड्नका लागि केही गर्न नसक्ने बताउँदा आफू शान्तपूर्वक मृत्युलाई अंगाल्न लागेको बताएका थिए ।

विश्व ब्यापारिक केन्द्रमा भएको हमलापछि त्यसका कारण क्यान्सरका बिरामी हुनेहरुको संख्या साढे १२ हजार भन्दा धेरै रहेको छ । बिरामीहरुले स्वासप्रश्वासमा समस्यादेखि मानसिक समस्यासमेत झेल्नुपरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com