न्युयोर्कको टाइम्स स्क्वायर नेरबाट ७० जना पक्राउ


प्रकाशित मिति : असार ७, २०७६ शनिबार

न्युयोर्क प्रहरीले न्युयोर्कको टाइम्स स्क्वायर नेरबाट ७० जनालाई पक्राउ गरेको छ । उनीहरु न्युयोर्क टाइम्सको मुख्यालय अगाडि बीच सडकमा प्रदर्शनमा उत्रिएका थिए ।

न्युयोर्क प्रहरीले ६७ जना र पोर्ट अथोरिटी प्रहरीले ३ जना वातावरण संरक्षण पक्षधरहरुलाई पक्राउ गरेको हो । न्युयोर्क टाइम्सले जलवायु परिवर्तनलाई जलवायु आपतकालका रुपमा लेख्न सुरु गर्नुपर्ने माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

आफूहरुले न्युयोर्क टाइम्स लगायत अन्य संचारमाध्यमहरुले जलवायु परिवर्तनलाई संकटको रुपमा लिनुपर्ने प्रदर्शनमा उत्रिएकी डोना निकोलिनोले बताइन् । प्रहरीले वातावतरण संरक्षणका पक्षमा लगाइएका ब्यानरहरु पनि हटाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com