अमेरिकामा भयानक आँधी, तीनको मृत्यु, आँधीको खतरा कायमै


प्रकाशित मिति : असार ७, २०७६ शनिबार

अमेरिकाको साउथ क्यारोलिनामा आएको तटीय आँधीका कारण ३ जनाको मृत्यु भएको छ भने झण्डै १ हजार माइल बाटोमा अबरोध सृजना भएको छ । आँधीका कारण कम्तीमा साढे ३ सय क्षतिका विवरणहरु प्राप्त भएका छन् ।

मध्य नेब्रास्काबाट सुरु भएको खराब मौषम शनिबार विहानसम्म चाल्र्सटनमा आएको थियो । कन्सास, सेन्ट लुइस जस्ता शहरहरुमा आँधीले क्षति पुर्याएको छ । हरिकेनकै जत्तिको गतिमा आएको आँधीको प्रभाव कम्तीमा पनि अमेरिकाका १४ राज्यहरुमा परेको छ ।

आँधीका कारण विभिन्न स्थानमा रुखहरु ढलेका छन् भने रुख ढलेर च्यापेका कारण तीनजनाको मृत्यु भएको छ । सेन्ट लुइसमा केहीबेर विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो ।

नासभिल टेनेसीमा सप्ताहन्तका लागि तय भएका कार्यक्रमका पालहरु आँधीले उडाएको छ । आँधीको खतरा अझै पनि समाप्त भइनसकेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com