इरानले दियो अमेरिकालाई जवाफ, आक्रमण गरे मध्यपूर्वमै तनाव उत्पन्न हुने


प्रकाशित मिति : असार ७, २०७६ शनिबार

वासिङ्टनबाट उसको हितका लागि तेहरानविरूद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ ।

“इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकहरूमा पनि प्रभाव पार्नेछ,” इरानी तासिम न्यूज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ ।

उहाँले भन्नुभयो, “आज मध्यपूर्वको अवस्था इरानको लाभ बनेको छ । यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगी, ले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मानवरहित अमेरिकी विमानलाई तेहरानले खसालेपछि अमेरिका इरानमा आक्रमण गर्नका लागि ‘हतियारसहित तयार भइसकेको’ तर अन्तिम समयमा फिर्ता भएको भन्ने भनाईको जवाफमा इरानी सेनाको उक्त प्रतिक्रिया आएको हो ।

मानवरहित अमेरिकी विमानलाई खसालेकोप्रति तेहरानले आफ्नो आकासमा अमेरिकाले हस्तक्षेप गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेपछि विमान खसालिएको तेहरानको दावी छ । तर अमेरिकाले भने यसलाई अस्वीकार गर्दै आएको छ र भनेको छ दुई मुलुकबीचको तनाव इरानले सामुद्रिक मार्ग भएर हिँडेका दुई तेल ट्याङ्करमाथिको ‘इरानी हमला’ पछि अमेरिकाले सुरक्षाका लागि सजक बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com