अमेरिकामा यात्रुवाहक विमान दुर्घटना, विमानमा रहेका सवैको मृत्यु


प्रकाशित मिति : असार ७, २०७६ शनिबार

अमेरिकाको हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।

शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ ।

स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ ।

खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com