पेन्टागनको नेतृत्वका लागि ट्रम्पले छाने मार्क एस्पर


प्रकाशित मिति : असार ७, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई अमेरिकाको रक्षामन्त्रीमा मनोनयन गर्ने भएका छन् ।  अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा मार्क एस्परलाई रक्षामन्त्रीमा मनोनयन गर्ने घोषणा गरेका छन् । सिनेटले उक्त मनोनयनलाई सुनिश्तित गरेपछि मार्क एस्पर अमेरिकाको रक्षामन्त्रीमा नियुक्त हुनेछन् ।

पछिल्लो समयमा अमेरिका र इरानबीच निकै ठूलो विवाद जारी रहेको बताइन्छ । अमेरिकाले इरानलाई आफ्ना ट्यांकरमा आक्रमण गरेको र आफ्नो ड्रोनमाथि हमला गरी खसालिदिएको बताएको छ । रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त हुनुभएको थियो ।

गत वर्षको डिसेम्बरदेखि अमेरिकामा सिनेटबाट स्वीकृत रक्षामन्त्री थिएनन् । उक्त मन्त्रालयमा काम चलाउ मन्त्रीका रुपमा नियुक्त गरिँदै आइएको थियो । गत वर्षको डिसेम्बर महिनामा तत्कालीन रक्षामन्त्री जेम्स म्याटिस्ले राजिनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन् । गत डिसेम्बर महिनामा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय अकस्मात गर्नुभएको बताइएको थियो । सो निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री म्याटिस्ले अकस्मात पदबाट राजिनामा दिनुभएको समाचार आएको थियो ।

एस्परले प्याट्रिक सानहानलाई विस्थापित गर्नुभएको हो । सानहान कार्यबाहक रक्षामन्त्रीमा नियुक्त भएपछि उहाँका विषयमा पनि विभिन्न प्रश्नहरु आएका थिए । उहाँमाथि विशेषगरी घरेलु हिंसामा संलग्न भएकोजस्तो प्रश्न गरिएको थियो । त्यस विवादपछि उहाँपनि सो पदबाट हट्नुभएको हो । उहाँ पनि सैनिक नेतृत्वबाट आउनुभएको हो । रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ ।

एक शक्तिशाली मन्त्रीका रुपमा रहेको सो मन्त्रीको मनोनयन पछिल्लो यस्तो समयमा भएको छ, जुन समयमा पछिल्ला केही वर्षहरुभन्दा चर्काे रुपमा मध्यपुर्वसँग पनि अमेरिकाको विवाद चुलिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै ठूलो विवाद भएको स्वीकार गर्नुभएको छ । उहाँका अभिव्यक्तिहरु सुन्दा अमेरिका इरानको आक्रमणको अवस्था देखिन्छ । इरानले हालैमात्र अमेरिकाको एक ड्रोनमाथि हमला गरेर इरानी भूमिमा झारिदिएको थियो ।

त्यसपछि अमेरिका र इरानको विवाद झन् बढेको थियो । इरानले सो ड्रोन आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर खसालिदिएको बताएको छ । तर इरानको यो भनाईको अमेरिकाले भने खण्डन गरेको छ । अमेरिकी भनाइअनुसार उसले इरानको सीमाना नाघेको थिएन । यो हमलापछि अमेरिकी ट्यांकरहरुमा इरानमा त्यहाँका अज्ञात समूहहरुले हमला गर्ने गरेका छन् ।

त्यस काममा इरानको हात रही आएको अमेरिकी दाबी छ । तर त्यो अमेरिकी आरोप पनि इरानले अस्वीकार गरेको छ । अमेरिकी ट्यांकरहरुमाथिको आक्रमणमा आफ्नो कुनै हात नरहेको इरानको दाबी छ । हाल नियुक्त भएका रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामो समयको अनुभव रहेको छ । ५५ वर्षीय एस्परको सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ । उहाँलाई सन् २०१७ मा वर्तमान राष्ट्रपति ट्रम्पले नै सैनिक सचिवमा नियुक्त गर्नुभएको थियो । उहाँले ‘राइदन डिफेन्स फर्म’ को कार्यकारीका रुपमाा रहेर काम गरिरहनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com