अमेरिकामा भयानक दुर्घटना, पिकअप ट्रकमा मोटरसाइकलहरु ठोक्किदा ७ को मृत्यु
प्रकाशित मिति : असार ७, २०७६ शनिबार

अमेरिकाको न्यु ह्याम्पशायरमा पिकअप ट्रकसँग मोटरसाइलकहरु ठोक्किदा ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ती मोटरसाइलकहरु विपरित दिशातिर गइरहेको ट्रकमा ठोक्किएका थिए ।
शुक्रबार बेलुका साढे ६ बजे भएको घटनामा सातैजनाको घटनास्थलमा ज्यान गएको थियो । घाइते तीनजनालाई भने उपचारका लागि अस्पतालमा लगिएको छ ।
घटनापछि मोटरसाइकलहरु बाटोभर छरपष्ट भएका थिए । बाटोमा यात्रा गरिरहेकाहरु गाडीबाट निस्किएर सहयोग गरेका थिए ।