पहिलो चौमासिकमा सबैभन्दा बढी चन्दा बर्नीलाई, ट्रम्पले एकैदिनमा उठाए २५ मिलियन


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपतिका लागि हुने आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुमा चन्दा संकलनको हिसाबमा बर्नी स्याण्डर्स सबैभन्दा लोकप्रिय देखिएका छन् । सन् २०१९ को पहिलो चौथाई अवधिमा बर्नीले सबैभन्दा धेरै अर्थात् १८ दशमलव २ मिलियन अमेरिकी डलर डोनेशन प्राप्त गरेका छन् ।

अमेरिकी चुनावमा प्राप्त डोनेशनलाई लोकप्रियताको एउटा आधार मानिन्छ । निर्वाचन आयोगका अनुशार दोश्रो नम्बरमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस रहेकी छिन् । उनले १२ मिलियन डलर संकलन गरेकी छिन् । त्यस्तै तेश्रोमा बेटो ओरोर्कले ९ दशमलव ४ मिलियन डलर संकलन गरेका छन् ।

बर्नी स्याण्डर्सले डेमोक्रेटिक प्राइमरी जितेमा अन्तिम प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग भिड्नुपर्नेछ । यसअगाडिको राष्ट्रपतिको चुनावमा बर्नी स्याण्डर्सले प्राइमरी जित्न सकेनन् । हिलारी क्लिन्टनले डेमोक्रेटिक प्राइमरी जितेर डोनाल्ड ट्रम्मसँग भिडेकी थिइन् ।

डोनाल्ड ट्रम्पले भने चुनावी घोषणाको पहिलो दिनमा नै झण्डै २५ मिलियन डलर डोनेशन प्राप्त गरेका छन् । २४ घण्टाको अवधिमा नै उनले २४ दशमलव ८ मिलियन डलर डोनेशन प्राप्त गरेका थिए ।

दोश्रो कार्यकालका लागि चुनाव लड्दा बराक ओबामाले सन् २०११ मा पहिलो चार महिनामा ८६ मिलियन डलर डोनेशन प्राप्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com