इरानले अमेरिकी ड्रोन खसालेपछि प्रतिकृयाका लागि ट्वीटरको प्रयोग, ट्रम्पदेखि नेत्यान्याहुसम्म


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

इरानले अमेरिकी ड्रोन खसालेपछि यसबारे प्रतिकृयाका लागि विश्व नेताहरुले ट्वीटरको प्रयोग गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले विहिबार ट्वीट गर्दै इरानले एकदम ठूलो गल्ती गरेको बताएका थिए ।

त्यसलगत्तै इरानी विदेशमन्त्री जाभेद जरिफले पनि घटनाबारे ट्वीटरमा नै प्रतिकृया जनाएका छन् । उनले अमेरिकाको सैन्य ड्रोन इरानी क्षेत्रमा भएको र त्यही खसालिएको बताएका छन् । उनले त्यसको सचित्र वर्णन गरेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुुले ट्वीट गर्दै इरानी आक्रोशकाबिरुद्ध अमेरिकाका पक्षमा उभिन विश्वका सबै शान्तिप्रिय देशहरुलाई आब्हान गरेका छन् । उनले आफूहरु पनि अमेरिकाको पक्षमा नै उभिएको स्पष्ट पारेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com