इरानले खसाल्यो अमेरिकी ड्रोन, ह्वाइट हाउस र क्यापिटल हिलमा आपतकालिन बैठक


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान ड्रोन लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको छ । इरानका मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी आरक्यु ४ ग्लोबल हक नाम गरेको जासुसी ड्रोनलाई खसालेको जनाइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो गल्ती गरेको भन्दै ट्वीट गरेका छन् । रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमले बिहिबार विहान राष्ट्रपति ट्रम्पसँग कुराकानी गर्दै इरानबाट अमेरिकालाई खतरा बढेको बताएका थिए ।

इरानले अमेरिकी ड्रोन खसालेर अमेरिकाको उच्चतम प्रविधिलाई पनि आफूहरुले चुनौती दिन सफल रहेको सन्देश इरानले दिन खोजेको विश्लेषण गरिएको छ । ट्रम्प प्रशासनका अरुहरुले युद्ध चाहेपनि राष्ट्रपति ट्रम्पले भने युद्ध नचाहेको इरानको विश्वास रहेको छ । यद्यपी अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने ट्रम्पलाई युद्धका लागि प्रेरित गर्नसक्ने विश्लेषण छ ।

इरानले गरेको आक्रमणबारे छलफल गर्न ह्वाइटहाउसमा बैठक समेत बोलाइएको छ ।  उक्त बैठकमा राष्ट्रपति ट्रम्प उपस्थीत रहने जनाइएको छ । बैठकमा विदेशमन्त्री माइक पम्पिओका साथमा पद छाड्दै गरेका कार्यवाहक रक्षामन्त्री र पद लिंदै गरेका कार्यवाहक रक्षामन्त्री उपस्थीत हुने अपेक्षा गरिएको छ ।

इरानले गरेको आक्रमणबारे छलफल गर्न ह्वाइटहाउसमा बैठक समेत बोलाइएको छ । तर उक्त बैठकमा राष्ट्रपति ट्रम्प भने उपस्थीत नरहने जनाइएको छ । बैठकमा विदेशमन्त्री माइक पम्पिओका साथमा पद छाड्दै गरेका कार्यवाहक रक्षामन्त्री र पद लिंदै गरेका कार्यवाहक रक्षामन्त्री उपस्थीत हुने अपेक्षा गरिएको छ ।

यसैबीच आज दिउसो ४ बजे क्यापिटल हिलमा पनि इरानको आक्रमणबारे छलफल हुने भएको छ । उक्त छलफलमा दुबै सदनमा बरिष्ठ नेताहरुको उपस्थीति रहने सभामुख न्यान्सी पेलोसीले जनाएकी छिन् । उनले यो अवस्था अत्यन्तै खतरनाक भएको र यसलाई नजरअन्दाज गर्न नसकिने बताएकी छिन् । तर अमेरिकालाई युद्धमा जाने कुनै भोक नरहेको र राष्ट्रपति ट्रम्प पनि युद्धमा जान खोजेको जस्तो आफूलाई नलागेको पेलोसीले बताएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com