एक युवाले ९ मिलियन डलरदिने लोभ देखाएपछि ५ जना टिनएजर मिलेर गरे ‘बेष्ट फ्रेण्ड’को हत्या


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

जब अनलाइनमा भेटिएका एकजना पुरुषले कुनै पनि व्यक्तिको हत्या गरेको भिडियो पठाएमा ९ मिलियन डलर दिने लोभ देखाए, डेनाली ब्रेमरले आफ्नो बेष्ट फ्रेण्डलाई कसरी मार्ने भनेर योजना बनाउन सुरु गरेकी थिइन् ।

अस्लास्का डिपार्टमेन्ट अफ लका अनुशार अलास्का निवासी १८ बर्षीय डेनालीले इन्डियाना निवासी २१ बर्षीय डेरिन शिलमिलरसँग अनलाइनमा सम्बन्ध बढाउदै गएपछि डेरिनले हत्याको भिडियो र तस्वीर पठाएपछि ९ मिलियन डलर दिने लालच देखाएका थिए । डेरिनले आफू मिलेनियर भएको र आफ्नो नाम ‘टेलर’ रहेको बताएका थिए ।

त्यसपछि डेनाली र डेरिनले अलास्कामा कसैलाई बलात्कार र हत्या गर्ने योजनाबारे छलफल गरेका थिए । त्यसपछि उनीहरु १९ बर्षीय सिन्थिया होफम्यानको हत्या गर्ने निष्कर्षमा पुगेका थिए, जो डेनालीकी बेष्ट फ्रेण्ड थिइन् ।

योजना अनुरुप गत जुन २ मा सिन्थिया होफम्यानलाई टाउको र मुखमा डकटेपले बेरेर पछाडिबाट गोली हानी खोलामा खसालिएको थियो । उनको शव प्रहरी जुन ४ मा खोलामा भेटाएको थियो । सिन्थिया होफम्यानलाई ट्रकमा राखेर थण्डरबर्ड झरनानेर लगिएको थियो । त्यसपछि केडेनले पछाडिबाट गोली हानेका थिए । फोन रेकर्ड अनुशार त्यसको भिडियो मुख्य योजनाकार डेरिनलाई पठाउन खोजिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेनाली ब्रेमरले सिन्थियाको हत्याको लागि १६ बर्षका केडेन र १९ बर्षका क्यालेबका साथमा २ जना नाबालाकहरुलाई समेत प्रयोग गरेकी थिइन् । डेनालीले उनीहरुलाई मोटो रकम दिने लोभ देखाएर हत्यामा संलग्न गराएकी थिइन् ।

प्रहरीले ९ मिलियन डलरको लालच देखाएर हत्याको मुख्या योजना बनाउने २१ बर्षीय डेरिन शिलमिलरलाई संघीय हिराशतमा लिएको छ । उनीबिरुद्ध चाइल्ड प्रोनोग्राफीको समेत अभियोग रहेको छ ।

शिलमिलरले डेनाली ब्रेमरलाई ८ वा ९ बर्षको बालकसँग यौन दुब्र्यबहारका लागि समेत निर्देशन दिएका थिए । त्यस्तै अर्को १५ बर्षको बालकसँग यौन दुब्र्यबहार गरेर त्यसको भिडियो पठाउन समेत शिलमिलरले डेनाली ब्रेमरलाई निर्देशन दिएको जनाइएको छ । त्यसपछि डेनालीले १५ बर्षकोसँग यौनसम्पर्कको भिडियो बनाएकी थिइन् ।

ग्राण्ड जुरीले हत्यामा संलग्न ६ जनालाई नै फस्ट डिग्री हत्याको अभियोग लगाएको छ । १६ बर्षीय केडेनलाई पनि बयस्क सरह नै अभियोग लगाइएको छ भने अरु २ जना नाबालक अभियुक्तहरुलाई पनि हिराशतमा नै राखिएको छ । निर्देशन दिने व्यक्ति बाहेक घटनामा संलग्नहरु सबैजना टीनएजरहरु रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com