कार्यालयमा खोकेपछि ट्रम्पले कार्यालयबाटै बाहिर निकाले कर्मचारी


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

अन्तरवार्ता चलिरहेको बखत खोकेको निहुँमा ट्रम्पले आफ्ना कर्मचारीलाई कार्यालय कक्षबाट निष्कासित गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विविसीलाई अन्तर्वार्ता दिइरहेको बखत एकजना कर्मचारीले खोकेका थिए ।

अन्तर्वार्ता दिइरहेका ट्रम्पले शुरुमा अफिसर मिक मुलवानेको खोकी बेवास्ता गरेको भए पनि दोस्रो पटक उनले आक्रोशीत स्वरमा भने ‘मलाई मन पर्दैन् बाहिर जानुस।’

डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा काम गरिरहेका सिनियर कर्मचारीलाई खोके कै कारण बाहिर निकालिदिएपछि सामाजिक संजालमा कृया प्रतिकृया जनाइएको छ ।

उनले भने ‘खोक्ने भए कोठाबाट बाहिर गएर खोक्नुस्।’ ट्रम्पको आदेश अनुसार मिक मुलवाने बाहिर निस्केपछि अन्तर्वार्ता पुनः सुचारु गरियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com