इजरेलले अमेरिकी राष्ट्रपतिको सम्मानमा ‘ट्र्म्प हाइट्स’ बनाउने


प्रकाशित मिति : असार २, २०७६ सोमबार

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेल अधीनस्थ गोलन हाइट्स क्षेत्रमा अमेरिकी राष्ट्रपतिको सम्मानमा निर्माण गर्न लागिएको नयाँ बस्तीको उद्घाटन गरेका छन्।

आइतवार आयोजित कार्यक्रममा बोल्दै नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गोलन क्षेत्रमा इजरेली सम्प्रभुतालाई मान्यता दिएकाले सो बस्तीको नाम ट्रम्प हाइटस् राखिएको बताए।

बस्ती निर्माण सुरु हुन बाँकी भए पनि सो स्थानमा ट्रम्पको नाम तथा अमेरिकी र इजरेली झण्डा अङ्कित सङ्केतचिह्न राखिएको छ।

यो घोषणा केवल चर्चाका लागि गरिएको र यसको कुनै कानुनी मान्यता नहुने आलोचकहरूले दाबी गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरेलले सन् १९६७ मा मध्यपूर्व युद्धका बेला सिरियाबाट गोलन क्षेत्र खोसेको थियो। सन् १९८१ मा इजरेलले सो क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गर्‍यो।

गोलनको स्वामित्वबारे विवाद त्यति बेलादेखि नै सुरु भएको हो। तर त्यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन।

गत मार्च महिनामा इजरेली घोषणालाई मान्यता दिएर गोलन हाइट्समा इजरेलको स्वामित्व स्वीकार्ने अमेरिका पहिलो राष्ट्र बन्यो।

ट्रम्पलाई इजरेलको मित्र भनेर प्रशंसा गर्दै नेतान्याहुले भने, “यो ऐेतिहासिक दिन हो।”

अमेरिकी राजदूत डेभिड फ्रीड्मन पनि सो समारोहमा सहभागी थिए। उनले सो बस्ती “उपयुक्त र धेरै प्रशंसायोग्य” भएको बताए।

ट्रम्पले अमेरिकाको गोलनसम्बन्धी पुरानो नीति उल्टाइदिएपछि गत एप्रिल महिनामा इजरेलका प्रधानमन्त्रीले ट्रम्पको सम्मानमा नयाँ बस्ती बनाउने घोषणा गरेका थिए।

सो स्थान सिरियाको राजधानी दमास्कसबाट ६० किलोमिटर दक्षिणपश्चिममा छ र त्यसको क्षेत्रफल झन्डै एक हजार वर्गकिलोमिटर छ।

नयाँ बस्ती उत्तरी गोलन हाइट्सको केलानजिकै बनाइने ठानिएको गरिएको छ।

आइतवार नै इजरेलको मन्त्रिपरिषद्ले गोलन हाइट्समा नयाँ बस्ती स्थापना गर्ने नेतान्याहूको प्रस्ताव अनुमोदन गरेको हो।

तर सो प्रस्तावमा नयाँ बस्तीको नामकरणबारे केही उल्लेख र बस्ती निर्माणका लागि आवश्यक रकम पनि विनियोजन हुन बाँकी छ।

सो योजनाको विरोध गर्नहरूले इजरेलमा सेप्टेम्बरमा निर्वाचन नभएसम्म कुनै नयाँ बस्ती बसाउन नपाइने तर्क गरेका छन्।

मन्त्रिपरिषद्का भूतपूर्व सचिव त्स्वी हाउजरले टाइम्स अफ इजरेललाई भने, “त्यो ‘ऐतिहासिक’ निर्णयको निहितार्थ पढ्नेले यो अनाकर्षक छद्म नीति भएको बुझ्छ।”

“आशा गरौँ राष्ट्रपति ट्रम्पले आफ्नो नाम यो जनसम्पर्क अभ्यासका लागि प्रयोग भएको छ भन्ने थाहा पाएका छैनन्।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com