क्यालिफोर्नियाको स्टोरमा गोली चल्यो, कम्तीमा १ को मृत्यु, २ घाइते


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

शुक्रबार बेलुका क्यालिफोर्नियाको एउटा होलसेल बजारमा बन्दुकधारीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दक्षिणी क्यालिफोर्नियामा भएको उक्त घटनामा संलग्न बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्टोरभित्र भएको विवादपछि गोली चलेको जनाइएको छ । तर गोली चलाउने र मृतकको सम्बन्धबारे केही जानकारी प्राप्त भएको छैन । घटना घरायासी विवादका कारण भने नभएको जनाइएको छ ।

घटनामा अर्कै विभागका ड्युटीमा नरहेका प्रहरी अधिकारी समेत घाइते भएको जनाइएको छ । संदिग्ध बन्दुकधारी र अरु घाइतेहरुलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।

घटनामा भाग्न खोज्दा स्टोरमा रहेका अरु व्यक्तिपनि घाइते भएको जनाइएको छ । गोली चलेपछि उनीहरु आपतकालिन ढोकाबाट भाग्न खोजेका थिए । तर आपतकालिन ढोका नखोलिएपछि भाग्न खोजेका व्यक्तिहरु एकअर्कामाथि लडेका थिए । घटना बेलुका पौने ८ बजे भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com