तेल ट्यांकरमाथि आक्रम, जिम्मेवार इरान : अमेरिका


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

ओमानको खाडीमा तेलका दुई ट्यांकरमाथि आक्रमण भएको छ । अमेरिकाले भने इरानले साे आक्रमण गरेको जनाएको छ । आक्रमणपछि खाडी क्षेत्रमा तनाव बढेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ओमान खाडी तेलका दुई ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको प्रष्ट आरोप लगाएका छन् ।

तेलका दुई ठूला समुद्री ट्यांकरमा स्थानीय समय अनुसार बिहीबार बिहान बिस्फोट भएको हो । इरानले आरोपलाई अस्वीकार गरेको छ । जापानको कोकुका करेजिएस र नर्वेको फ्रन्ट अल्टाएयरको पानीजहाजमा बिस्फोट भएको हो ।

घटना लगत्तै ट्यांकरमा रहेको चालक दलका सदस्यको उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवै उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ चालक दलका सदस्यहरुको उद्धार गरिएको हो । विश्वको सबैभन्दा ठूलो तेल मार्गमा महिना दिन भित्र भएको यो दोस्रो आक्रमण हो ।

यसअघि संयुक्त अरब इमिरेट्सका चार ट्यांकरमाथि आक्रमण भएको थियो । मेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो र इरानले अस्वीकार गरेको थियो । बिहीबारको घटनापछि तेलको मूल्य चार प्रतिशत भन्दा बढीले बढेको छ । एजेन्सी 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com