गल्फ अफ ओमानमा भएको एउटा शङ्कास्पद हमलामा दुईवटा ट्याङ्करमा क्षति


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

गल्फ अफ ओमानमा भएको एउटा शङ्कास्पद हमलामा दुईवटा ट्याङ्करमा क्षति पुगेको छ।

ती ट्याङ्करहरू विश्वकै व्यस्त तेल निर्यात मार्गमध्येको एउटा मार्गनजिकै थिए।

दुईमध्ये एक ट्याङ्करका सञ्चालकले त्यहाँ विस्फोटन भएको र आग्लागी भएको बताएका छन्।

ती दुवै ट्याङ्करका टोलीलाई सुरक्षित स्थलमा सारिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मेमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि अमेरिकी प्रतिबन्ध लगाएपछि उक्त क्षेत्रमा तनाव चुलिएको छ।

अमेरिकीहरूले ती क्षेत्रमा इरानी हमलाको सम्भावना रहेको भन्दै आफ्नो सेनाको उपस्थिति बलियो बनाएको छ।

पछिल्लो शङ्कास्पद हमलाबारे वाशिङटनले प्रतिक्रिया जनाउन बाँकी छ। तर संवाददाताले भनेका छन्, उसले उक्त हमलाको पछाडि तेहरानको हात रहेको शङ्का गरेको छ।

तेल ट्याङ्करहरूमा विस्फोटन भएपछि त्यसमा रहेका चालक दलका थुप्रै सदस्यको उद्धार गरिएको छ।

इरानले कोकुका करेजियसमा सवार २१ चालक दल र फ्रन्ट एल्टेयरमा सवार २३ जनाको उद्धार गरेको जनाएको छ भने अमेरिकाले पनि आफ्ना नौसेनाले केहीको उद्धार गरेको बताएको छ।

झण्डै पाँच महिनासम्म ओरालो लागेको तेलको भाउ बिहीवारको घटनापछि ४.५ प्रतिशतसम्मले बढेको ब्लूमबर्गले लेखेको छ।

तेल ट्याङ्करमा के कारणले विस्फोट भएको थियो भन्ने चाहिँ स्पष्ट भएको छैन।

ती जहाजहरू अहिले संयुक्त अरब एमिरेट्सको फेजेराबाट ८० माइल र इरानबाट १६ माइलको दूरीमा छन्।

संयुक्त अरब एमिरेट्स जाँदै गरेका चारवटा तेल ट्याङ्करमा हमला भएको एक महिनापछि पछिल्लो घटना भएको हो।

संयुक्त अरब एमिरेट्स, साउदी अरेबिया र नर्वेले गत साता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई संयुक्त प्रतिवेदन प्रस्तुत गर्दै ती ट्याङ्करमा विस्फोट गराउने उपकरणहरू गोताखोरले राखेको बताएका थिए।

तर उनीहरूले त्यसको आरोप कुनै एउटा देशलाई भने लगाएका थिएनन्।

उक्त घटनामा क्षति भने कम भएको थियो। आगो लागेको थिएन र कसैलाई पनि सुरक्षित स्थानमा लैजानुपरेको थिएन।

तर बिहीवार दुईवटा तेल ट्याङ्करमाथि भएको घटना चाहिँ गम्भीर रहेको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com