ह्वाइट हाउस प्रेस सेक्रेटरी सराह स्याण्डर्सले पद छाड्दै


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सराह स्याण्डर्सले जुनको अन्त्यबाट पद छाड्न लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत जनाएका छन् । ट्रम्पको मुख्य प्रवक्ताका रुपमा काम गरेकी उनी आफ्नो गृहक्षेत्र अर्कान्सस फर्कने जनाइएको छ ।

सराह स्याण्डर्स एक्स्ट्राअडिर्नरी रहेको र उनले अब अर्कान्ससको गर्भनरमा चुनाव लड्ने आफूले आशा राखेको ट्रम्पले जनाएका छन् । उनले सराहलाई राम्रोसँग काम गरेकोमा धन्यवाद समेत दिएका छन् ।

सराहको बर्हिगमनपछि ह्वाइट हाउसको प्रेस सेक्रेटरीमा को आउने भन्नेबारे केही बताइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com