उत्तर कोरियामा सयौँ मान्छेलाई मृत्युदण्ड दिइएका स्थानको पहिचान


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

उत्तर कोरियामा त्यहाँको सरकारले सार्वजनिक रूपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३१८ वटा स्थानको पहिचान गरिएको एउटा दक्षिण कोरियाली गैरसरकारी संस्थाले जनाएको छ।
ट्रान्जिश्नल जस्टिस वर्किङ ग्रुपले आफ्नो प्रतिवेदनका लागि चार वर्षको अवधिमा ६१० जना उत्तर कोरियाली भगौडाहरूसँग अन्तर्वार्ता गरेको थियो।

गाई चोरी गरेकोदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेसम्मको आरोपमा मृत्युदण्ड दिइएका दशकौँका घटना प्रतिवेदनमा समेटिएका छन्।

सो अधिकारवादी समूहका अनुसार नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानहरूमा मान्छेहरूलाई मृत्युदण्ड दिइएको पाइएको छ।

मङ्गलवार सार्वजनिक ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको हेर्न एक हजार वा सोभन्दा बढी सङ्ख्यामा सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्युदण्ड दिइने मान्छेका परिवारका सदस्यलाई पनि कतिपय घटना हेर्न बाध्य पारिएको प्रतिवेदनमा आरोप लगाइएको छ।

मानिसहरूमा बयान अनुसार सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको घटना हेर्ने सबैभन्दा कान्छो सात वर्षका छन्।

जेल र श्रम शिविरजस्ता बन्दीगृहमा पनि केही मृत्युदण्डका घटना हुने गरेका छन्।

स्ता बन्दीगृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसहरूलाई खानी उत्खनन र रुख कटानीजस्ता शारीरिक श्रम गर्न बाध्य पारिन्छ।

एकजना भगौडाले सन् २००० को शुरूवाततिर एउटा श्रम शिविरमा तीनजना महिलाको हत्या गरिएको दृश्य हेर्न ८० जना कैदीलाई कसरी बाध्य पारिएको थियो भन्नेबारे बताएका छन्।

ती महिलाहरू भागेर चीन जाने प्रयत्न गरिरहेका थिए।

उनीहरूले बताए अनुसार सुरक्षा मामिलासम्बन्धी मन्त्रालयका एक अधिकारीले भीडलाई भने, “तिमीहरूलाई पनि यस्तो हुन सक्छ।”

प्रतिवेदनले भनेको छ, “डर पैदा गराउने र सत्ताले मन नपराउने कुरा गर्नबाट नागरिकलाई निरुत्साहित गर्ने एउटा महत्त्वपूर्ण तरिका मृत्युदण्ड हुने गरेको छ।”

भगौडाहरूका अनुसार अधिकांश मृत्युदण्ड गोली हानेर दिइन्छ। प्रायः तीन जनाले आरोपित व्यक्तिलाई तीन-तीन राउण्ड गोली प्रहार गर्छन्।

अन्तर्वार्ता दिएका केही मानिसहरूले बताए अनुसार मृत्युदण्ड दिनेहरू कहिलेकाहीँ रक्सी खाएकोजस्तो देखिन्थे।

एक जनाले भने, “किनभने हत्या भावनात्मक रूपमा गरिने एउटा कठिन काम हो।”

एउटा सानो समूहलाई सार्वजनिक रूपमा मारिएको पनि बताइएको छ।

प्रतिवेदन लेख्नेमध्येकी एक इथन शिनले समाचार संस्था एएफपीलाई भनिन्, “सार्वजनिक रूपमा मृत्युदण्ड दिने प्रवृत्ति घट्दो सङ्ख्यामा रहेको देखिन्छ। तर अरू सामान्य राज्यले जस्तै पहिचान खोजिरहेकोले प्योङयाङले गोप्य रूपमा त्यो गरिरहेको हुन सक्छ।”

विगतमा उत्तर कोरियाली उच्च अधिकारीहरूलाई पनि मृत्युदण्ड दिइएका दृष्टान्त छन्।

सन् २०१३ मा राजद्रोहको अभियोगमा नेता किम जङ-अनका फुफाजुलाई मृत्युदण्ड दिइएको बताइन्छ।

तर मृत्युदण्ड दिइएको कुरा पुष्टि गर्न एकदमै गाह्रो हुन्छ र असत्य पनि साबित हुन सक्छ।

सन् २०१३ मा उत्तर कोरियाकी लोकप्रिय गायिका ह्योङ सङ-वोललाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको विवरण सार्वजनिक भएको थियो।

एउटा दक्षिण कोरियाली पत्रिकाका अनुसार “साङ्गीतिक कार्यक्रम चलिरहँदा उनीमाथि गोली हानिएको थियो”।

तर सन् २०१८ मा शीतकालीन ओलम्पिक्सका क्रममा दक्षिण कोरिया गएको एउटा उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग उनी देखिएकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com