आप्रवासीको प्रवाह रोक्न मेक्सिको तयार, भन्सार नबढाउन अमेरिका सहमत


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

अमेरिकाले बढाउन सक्ने बढी करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको प्रवाह रोक्न ‘अभूतपूर्व कदम’ उठाउन सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै एउटा सहमति भएको र भन्सार शुल्क अनिश्चित कालका लागि स्थगित गरेको बताएका छन्।

मेक्सिकोले आप्रवासीहरूको प्रवाह नरोके प्रत्येक महिना पाँच प्रतिशतको दरले भन्सार शुल्क बढाउँदै जाने चेतावनी ट्रम्पले दिएका थिए।

त्यस्तो वृद्धि सोमवारदेखि लागु हुँदै थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटा ट्वीट गर्दै मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले पनि सहमति भएको पुष्टि गरेका छन्। तीन दिनसम्म चलेको वार्तापछि दुई देश सहमतिमा पुगेका हुन्।

ट्रम्पले गत हप्ता नयाँ भन्सार शुल्कबारे घोषणा गरेका थिए। त्यतिबेलासम्म उनको दलका सदस्यहरू त्यसबारे अनभिज्ञ थिए।

हजारौँको सङ्ख्यामा सीमा पार गरेर अमेरिका आउने आप्रवासीलाई रोक्न आवश्यक भएको भन्दै गत फेब्रुअरीमा ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा सङ्कटकाल घोषणा गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको संयुक्त घोषणापत्रमा मेक्सिकोले अवैध आप्रवासी र मानवतस्करी नियन्त्रण गर्न ‘अभूतपूर्व’ कदम चाल्ने उल्लेख गरिएको छ।

तर आप्रवासीहरूमध्ये अमेरिकी देश पुगेर शरणार्थीको मान्यता प्राप्त गर्न पहिले मेक्सिकोमा निवेदन दिनुपर्ने भन्ने अमेरिकाको प्रमुख माग भने पूरा हुन नसकेको जस्तो देखिएको छ।

मेक्सिकोले सुरक्षा निकायलाई देशभरि तैनाथ गर्ने,  मेक्सिकोको दक्षिणी सीमामा छ हजार थप सुरक्षाकर्मी खटाउने, मानवतस्करहरूको गिरोहसँग जुझ्न “निर्णायक कदम” चाल्ने सहमति जनाएको छ ।

अमेरिकाले आप्रवासीहरूको दाबीबारे समीक्षा भइरहँदा शरणार्थीको मान्यता खोज्नेहरूलाई मेक्सिको पठाउने कार्यक्रम विस्तार गर्ने, त्यसको बदलामा अमेरिकाले न्यायिक प्रक्रिया  द्रुत गतिमा अधि बढाउनका लागि कार्य गर्ने सहमति जनाएको छ । दुवै देशले सीमा सुरक्षाका विषयमा “द्विपक्षीय सहकार्य थप बलियो बनाउने” प्रतिबद्धता जनाएका छन्।

त्यसअन्तर्गत सूचना आदानप्रदान गर्ने र समन्वयात्मक रूपमा काम कारबाही अघि बढाउने उल्लेख गरिएको छ। घोषणापत्रमा छलफल जारी रहने र ९० दिनभित्र सहमतिका अन्तिम सर्त स्वीकार गरी घोषणा गरिने जनाइएको छ।

मेक्सिकोले अघि बढाउने कारबाहीले सोचेअनुरूप परिणाम नदिए थप उपाय अपनाउन सकिने पनि उल्लेख गरिएको छ। तर त्यो के हो वा त्यसमा के हुनेछ भन्नेबारे खुलाइएको छैन।

पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मेक्सिकोका विदेशमन्त्रीले सहमति उचित र सन्तुलित भएको बताएका छन्।

अमेरिकी विदेशमन्त्री स्टिभन मनुचिनले एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आफूहरू सम्झौताबाट प्रसन्न रहेको प्रतिक्रिया दिएको समाचार संस्था एएफपीले जनाएको छ।

“यो निकै महत्त्वपूर्ण छ र हामीलाई आप्रवासीहरूका विषयमा सहयोग गर्न मेक्सिकोले गरेको प्रतिबद्धताको हामी कदर गर्छौँ,” उनले भने।

ट्रम्पले प्रस्ताव गरेअनुरूप चारपाङ्ग्रे सवारीसाधन, मदिरा, फलफूल र तरकारीमा आयातशुल्क बढाउन लागिएको थियो।

प्रत्येक महिना पाँच प्रतिशतको दरले त्यो शुल्क बढ्दै जाने थियो।

अक्टोबर महिनामा २५ प्रतिशत पुग्दासम्म कर बढाइराख्ने ट्रम्पले चेतावनी दिएका थिए।

मेक्सिको अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो।

चीन र क्यानडाजस्ता ठूला व्यापार साझेदारसँग पनि अमेरिका विवादमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com