निर्दोष ५ जना किशोरलाई मृत्युदण्डको माग गरेका ट्रम्प नेटफिल्क्सि सिरिजका कारण विवादित


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

सन् १९८९ मा न्युयोर्कको सेन्ट्रल पार्कमा एकजना युवतीको बलात्कार र आक्रमण भएको सत्य घटनामा आधारित नेटफिल्क्सिले बनाएको एउटा चलचित्रका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा परेका छन् । उक्त घटनाका सन्दर्भमा ट्रम्पको भूमिकालाई लिएर प्रश्नचिन्ह खडा गरिएको हो ।

उक्त घटनामा पाँचजना अश्वेत टिनएजरहरुलाई पक्राउ गरेर गलत तरिकाले दोषी सावित गर्दै जेल हालिएको थियो । तर पछि सन् २००२ मा घटनामा संलग्न व्यक्तिबारे डीएनए रेकर्ड सहित पुष्टी भएपछि पाँचजना किशोरहरु निर्दोष रहेको पुष्टी भएको थियो ।

उक्त घटनामा डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्स लगायतका पत्रिकामा ८५ हजार डलर खर्चेर विज्ञापन गर्दै ती पाँचजना किशोरहरुलाई मृत्युदण्डको माग गरेका थिए । तर ती किशोरहरु पछि निर्दोष ठहरिए । सन् २०१४ मा संघीय अदालतले ती किशोरहरुलाई न्युयोर्क सिटीका तर्फबाट ४१ मिलियन डलर क्षतिपूर्ति दिलाउने फैसला गरेका थिए । ट्रम्पले अदालतको यो फैसलालाई समेत लज्जास्पद भन्दै न्युयोर्क डेली न्युजमा निर्दोष पाँचजनाको बिरुद्ध लेख लेखेका थिए ।

नेटफिल्क्सिको नयाँ सिरिज ह्वेन दे सि असमा घटनाबारे ट्रम्पको प्रतिकृया समेत देखाइएको छ । मे १७, १९८९ मा ट्रम्पले ल्यारी किंगलाई अन्तरवार्ता दिंदै आफूले न्युयोर्कका पत्रिकामा मृत्युदण्डको माग गर्दै दिएको विज्ञापनबारे कुरा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com