अर्का टिनएजरलाई मृत्युदण्डको प्रयासमा साउदी सरकार


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

साउदी अरबमा एकजना टिनएजरले सरकारबिरोधी प्रदर्शन गरेको अभियोगमा मृत्युदण्डको सजायको सामना गरिरहेका छन् । १३ बर्षको उमेरमा सन् २०१४ मा पक्राउ परेका मुर्ताजा कुरैसीलाई साउदी सरकारले मृत्युदण्डको सजाय दिन चाहेको जनाइएको छ ।

सन् २०११ को अरब स्प्रींगताका मानवअधिकारको माग गरेको अभियोगमा उनलाई त्यसको तीनबर्षपछि पक्राउ गरिएको थियो । सन् २०११ मा एउटा सानो साइकल र्यालीमा देखिएका उनी त्यतीबेला जम्मा १० बर्षका थिए ।

झण्डै ४ बर्षसम्म हिराशतमा राखेर पूर्व सुनुवाई गरिएका उनी हाल १८ बर्षका भएका छन् । उनलाई अधिकारकर्मी दाजु अली कुरैसीलाई साथ दिएको अभियोग लगाइएको छ । मुर्तजा कुरैसीका दाजु अली कुरैसी सरकारबिरोधी प्रदर्शनका क्रममा मारिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वमै उच्च मृत्युदण्डको दर रहेको साउदी अरबमा बाल्यकालमा अपराध गरेकाहरुलाई समेत मृत्युदण्ड दिने गरिएको भन्दै कडा आलोचना हुने गरेको छ ।

गत अप्रिलमा मात्र साउदी अरबले ३७ जनालाई मृत्युदण्डको सजाय दिएको घोषणा गरेको थियो । कुरैसीलाई अहिले आतंकवाद सम्बन्धि मुद्दा हेर्ने अदालतमा पेश गरिएको छ, जहाँ उनलाई अतिवादी आतंकवादी संगठनसँग साँठगाँठ रहेको अभियोग लगाइएको छ । कुरैसीले आफूबिरुद्ध लगाइएका अभियोगहरु अस्वीकार गरेका छन् ।

साउदी अरेबियाले संयुक्त राष्ट्रसंघ समक्ष पनि बाल्कायलमा अपराध गरेकाहरुलाई मृत्यु दण्ड नदिने प्रतिबद्धता जनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com